News Portal

  • मुलुकभर डेंगु संक्रमण :- रूपन्देहीमा पनि सतर्कता पुगेन

    जनादेश संवाददाता२०८१ असार ६
    ७९ पटक

    ५ असार, रूपन्देही ।  मुलुकभर डेंगु संक्रमणदर बढ्दै जान थालेको छ । डेंगुको भाइरस फैलाउने दुई प्रकारका लामखुट्टे हुन्छन् । एडिस एजिप्टी वा एडिस अल्बोपिक्टस गरी दुई प्रकारका लामखुट्टेको टोकाइबाट मानिसमा डेंगुको संक्रमण हुने गरेको छ ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले ७२ जिल्लामा डेंगु फैलिसकेको जनाएको छ । ईडीसीडीका अनुसार जनवरीदेखि जुनसम्म ६ महिनामा डेंगुबाट संक्रमण हुनेको संख्या १ हजार ७ सय ७५ जना पुगेका छन् । आइतबारसम्मको तथ्यांक हेर्दा जुनमा मात्रै ९२ जना डेंगु संक्रमित देखिएका छन् । मुगु, डोल्पा, हुम्ला, जुम्ला, मुस्ताङ जिल्लामा भने डेंगु भेटिएको छैन । बागमती प्रदेशमा ४०३, कोशीमा २७७, गण्डकीमा १८७, लुम्बिनीमा १३९, सुदूरपश्चिममा ११८, मधेशमा ३४ र कणालीमा १७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

    जिल्लागत रूपमा सबैभन्दा धेरै काठमाडौंमा १२२, झापामा १११, चितवनमा ७४, मकवानपुरमा ५८, तनहुँमा ४६ जना,  सिन्धुपाल्चोकमा ४४ जना, ओखलढुंगामा ४१ जना, डोटीमा ३० जना, रूपन्देहीमा २८ जना, भक्तपुरमा २७ जनामा संक्रमण भइसकेको छ ।

    इडीसीडीका अधिकारीहरु अघिल्लो वर्षमा भन्दा अहिले डेंगु फैलिने क्रम तीब्र छ । अगस्ट, सेष्टेम्बर, अक्टोबर महिनामा संक्रमण बढी फैलिने गरेको छ ।
    डेंगुको एडिस एजिप्टी वा एडिस अल्बोपिक्टस गरी दुई प्रकारका लामखुट्टेको टोकाइबाट मानिसमा डेंगुको संक्रमण हुने गरेको छ ।
    डेंगुको संक्रमण फैलिएपछि ७२ जिल्लाका सबै स्थानीय तहमा उच्च सतर्कता अपनाइएको महाशाखाले जनाएको छ । चिकित्सकका अनुसार हलुकादेखि उच्च ज्वरो आउने, मांशपेशीहरू अत्यधिक दुख्ने, टाउको दुख्ने, आँखा वा आँखाका गेडी दुख्ने, बान्ता हुने थकान र बेचैनी हुने एवं जोर्नीहरू दुख्ने यस संक्रमणका मुख्य लक्षण हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्ता लक्षण देखिएमा स्वास्थ्य संस्था जान आग्रह गरेको छ ।

    ReplyForwardAdd reaction