– राम बहादुर बुढा“राजन”
१) जनयुद्ध एक महान् परिघटना थियो । यो एक महान् सपना पनि थियो । यो दिनलाई कसरी सम्झन चाहनुहुन्छ ?
जनयुद्धलाई विशेष ऐतिहासिक परिघटनाका रुपमा संझिन्छु र त्यो दिन नेपाललाई अर्धसामन्ती, अर्धउपनिवेशिक उत्पीडनबाट मुक्त गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर वैज्ञानिक समाजबाद हुँदै साम्यवादमा जानका निम्ति सञ्चालन गरिएको एउटा मूर्त अभियान हो ।
२) तर, जनयुद्ध असफल भयो, किन ? यसको वैचारिक र व्यहारीक कमजोरीहरु के के भए ?
जनयुद्ध असफल भइसकेको छैन नत पूर्ण रुपमा रोकिएको नै छ । त्यसैले यो असफल भयो भन्नु भन्दा पनि यसले एउटा ठुलो प्रतिगामी धक्का व्यहो¥यो यसलाई त्यही रुपमा ग्रहण गर्न ठिक होला । अव कमि कमजोरीका कुरा गर्नुहुन्छ भने मूल नेतृत्वबाट कमजोरी भयो हामीले त्यसलाई समयमा बुझ्न नसक्नु हाम्रो पनि सामान्यतया कमजोरी नै रह्यो । माओले भनेजस्तै क्रान्ति भनेको भोजभतेर हैन यसमा सामान्य कमिकमजोरीहरु त भइहाल्छन् तर यसको गम्भिर समिक्षा गर्दै मुल्याङ्कन गर्नुपर्छ । समग्रमा योे त महान परिघटना नै हो र जनयुद्ध निर्णायक बन्ने अवस्थामा नेतृत्व पंत्तिमा देखा परेको नवसंशोधनवादले गर्दा यसले धक्का खायो । त्यस प्रकारको गलत चिन्तन र प्रबृत्ति प्रति सतर्क रहनु पर्ने थियो तर सकेनौं यी हाम्रा केहि सीमा समस्या भए नेतृत्वले स्वच्दै नसोचेको धोका दियो । यसका बैचारिक कमजोरीका विषयमा भन्नु हुन्छ भने मूल नेतृत्वमा दक्षिणपन्थी अवसरवाद पैदा भयो । यसरी मालेमावादी बैचारिक राजनीतिक दृष्टिकोणको मार्गनिर्देशित सिद्धान्तको मूलबाटो नै छोडेर प्रजातान्त्रीक बाटो तिर भासिएर पछि त्यो व्यवहारिक कमजोरी भयो । यसलाई हामीले गम्भिर प्रकारको विचलन मुखि प्रबृत्तिका रुपमा बुझेका छौं । तर यत्रो ठूलो अभियानमा यस्ता कमिकमजोरीहरु हुन्छन कतिपय मनोगत खालका कमजोरीहरु हुन्छन भने कतिपय सोच्दैनसोचेका घटनाहरु हुन्छन यो नेपाली जनताले स्वचेजति अस्वभाविक हैन यसबाट हामी कत्ति पनि विचलित भएका छैनौं । नेपाली जनता यो संकट ग्रस्त बन्दै गएको व्यवस्थाको विकल्प तथा सर्वहारा वर्गीय राज्यसत्ता प्राप्तीका निम्ति फेरी क्रान्ति गर्न तयार छन् फेरि जनक्रान्ति हुन्छ यसको नेतृत्व हाम्रो पार्टीले नै गर्छ भन्ने कुरामा विश्वस्त छु ।
३) के अब जनयुद्ध फेरि सम्भव छ त ? कसरी … ?
रुपान्तरणका लागि भन्नु भयो यहाँले अब पुरानै तरिकाले हँुदैन । संकटग्रस्त बन्दै गएको दलाल पुँजीवादी संसदीय व्यवस्था, नोकरशाही तथा सामन्तवर्गीय राज्यसत्ताको विकल्प नयाँ जनवादी व्यवस्था स्थापना गरेर वैज्ञानिक समाजवादमा जानका लागि हामीले राजनीतिक कार्यदिशा निर्धारण गरेका छौं । जनसंघर्ष र जनप्रतिरोध संघर्षका विचबाट जनविद्रोह सम्पन्न गर्नुपर्छ भनेर त्यहि अनुरुपको सामरिक कार्यदिशा पनि बनाएका छौं । तर अब समग्रमा कसरी जाने हो भन्ने कुरा महाधिवेशनबाट परिस्कृत र परिमार्जित गरेर ठोस गर्नेछौं । मूलकुरा के हो भने क्रान्तिका निम्ति, रुपान्तरणका निम्ति बल प्रयोगको भूमिका अनिवार्य छ ।४) तपाईहरुले अहिले यो संयुक्त राष्ट्रिय राजनीतिक सम्मेलन, क्रान्तिकारी संयुक्त मोर्चा, संयुक्त अस्थायी सरकार र जनसंविधानको कुरा गर्नु भा छ यो कसरी गर्नु हुन्छ प्रष्ट्याईदिनुस न ?
तत्कालमा एउटा कार्यनीति पास गरेका छौं । यो सरकारको विकल्प मात्र हैन सत्ता र व्यवस्थाका विकल्पमा पनि हो । किनकी यो सरकार पूर्णरुपले असफल भइसकेको छ । यो राज्यसत्ता राजनीतिक, आर्थिक र सामाजीक रुपले एकदमै कमजोर भइसकेको छ । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका निकम्मा भइसकेको अवस्था छ । देशमा बस्नलायक स्थिति छैन । युवा शक्ति दिनानु दिन विदेश प्लायन भएको छ । देशमा व्याप्त भ्रष्टाचार, दलाली र घुसखोरी गाउँटोल सम्म पुगिसकेको छ । यो देश विप्रेशन र आयातबाट आउने राजस्वले मात्र पनि चल्न सक्ने स्थिति छैन । किनकी यसको पनि कुनै ग्यारेन्टी छैन हालत विग्रदै गइरहेको छ । राजस्व छली तथा तस्करीका बढ्दो छ । विप्रेशन पनि ओझेलमा पर्दैछ किनकी विदेशमा पनि युद्धहरु भईरहेका छन् युक्रेन, रुषको अवस्था, हमास हमला आदि इत्यादि कारणले बैदेशीक रोजगार खतरामा छ । देशको स्थिति कहाली लाग्दो बन्दै गएकोछ त्यसैले सामन्तवाद, साम्राज्यवाद विरोधी तथा देशभक्त क्रान्तिकारी वामपन्थि शक्तिहरुलाई समेटेर एउटा राष्ट्रिय राजनीतिक सम्मेलन गर्ने र त्यसबाट एउटा संयुक्त मोर्चा बन्छ । त्यो मोर्चाले संघर्ष गर्छ र संघर्षबाट एउटा अस्थायी सरकार बन्छ र यसले जनसंविधान लागु गर्ने उद्देश्यलाई लिएर सके सम्म त्यस्ता धेरै शक्तिहरुलाई लिएर महाधिवेशनमा जाने प्रक्रियामा छौं । यो कार्यनीतिलाई अझै छलफल बहसबाट प्रभावकारी र वैज्ञानिक बनाउने छौं ।
५) यो अस्थायी क्रान्तिकारी संयुक्त सरकार र जनसंविधानको कुरा गर्नु भा छ, यो कुन पहिले हुन्छ ?
आत्म निर्भर अर्थतन्त्रको निर्माण गर्ने काम कसैबाट सम्भव छैन । त्यसैले देशभक्त र क्रान्तिकारी शक्तिहरुको आन्दोलन पछि संयुक्त सरकार बन्छ । सरकार बनीसकेपछि त्यसका दुईवटा काम हुन्छन् – एउटा राष्ट्रियता, जनतन्त्र र जनजिविकाका संग सम्बन्धीत मागहरु परिपुर्ति गर्ने र जनसंविधान निर्माण गर्ने ।
६) तपाईले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टीका भातृ भगेनी संगठनहरुले भ्रष्टाचारीहरुलाई कार्वाही गर्दै गएको सामाचार छ , अलि गतिविधि जनक्रान्तिका दिशातिर बढाउनु भा हो ?
यसलाई क्रान्तिका दिशातिर गतिविधि त नभनौं तर यो हाम्रो तयारी हो । अन्याय, अत्याचार र भ्रष्टाचारका विरुद्ध संघर्ष गर्दै जानुपर्छ । यी सामान्य जनसंघर्ष अन्तर्गतका कार्यक्रमहरु हुन यस पछि अरु प्रतिरोध संघर्षका कार्यक्रमहरु पनि छन । यी संयुक्त अस्थायी जनसरकार निर्माणका प्रक्रिया हुन् ।
७) कालोमोसो दल्नने, अर्धनग्न प्रदर्शन देखि लिएर भ्रष्टाचारीहरुलाई चेतावनी तथा कार्वाही गर्ने कार्य अगाडी बढाउनु भएकोे छ । यस्ता कार्यक्रममा सरकारले कत्तिको दमन ग¥यो ?
युवाहरुले यो पक्रिया अगाडी बढाएका छन् त्यो राम्रो छ, युवा साथीहरुलाई धन्यवाद छ । अहिले एउटा सुुसप्त अवस्थालाई चिर्ने प्रयास निश्चित रुपमा गरेको हो । थुप्रै साथीहरुलाई गिरप्mतार ग¥यो र गर्दै छोड्दै गर्ने कार्य भइरहेका छन् ।
८) तपाईहरु एकताको प्रक्रियामा हुनुहुन्छ । दुई पार्टीहरु क्रान्तिकारी माओवादी र बहुमतबीच एकता गरिसक्नु भा छ । यो एकतालाई अझै अरु विस्तार गर्न सक्ने सम्भावना के छ ?
हामीले विस्तार गर्ने भन्ने नीति त छदैछ । त्यस अन्तर्गत मोटो मसाल सँग पहल गरिरहेका छौं सम्भवत उहाँहरुसँग छिट्टै एकता हुन्छ । हामीले महाधिवेशन गर्नु अघि नै अन्य शक्तिहरुलाई पनि समावेश गरेर महाधिवेशनमा जाने सोचेका छौं ।
९) एकता गर्ने अभियानमा त हुनुहुन्छ तर व्यवस्थामा मान्ने शक्तिहरुलाई साम्राज्यवादीहरुले कुनै असर गरेका छैनन् बरु उपयोग गरिरहेको अवस्था छ यस्तो अवस्थामा राष्ट्रिय राजनीतिक बृत्तमा रहेका राजनीतिक शक्तिहरुलाई कसरी नजिक ल्याउनु हुन्छ ?
संसदीय व्यवस्थालाई स्वीकार गर्ने पक्षहरु सँग त हाम्रो एकता सम्भव छैन । खास गरेर कम्युनिस्ट नामधारीहरु छन् बढी जसो एकताका कुराहरु उनीहरुले गर्दछन् । तर क्रान्तिकारी धु्रवलाई राम्रो बनाउन सकियो भने त्यहाँका असल मान्छेहरु क्रान्तिकारी तप्कामा आउँछन् । त्यसका निम्ति प्रयत्न गर्नुपर्छ ।
१०) कार्यदिशा फरक भएता पनि राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा समान धारणा राख्ने दलहरुसँग कार्यगत एकताको कुरा ल्याउनु भएको छ, यसै सिलसिलमा मोटो मसाल लगाएत अरु कुन कुन दलसँग सम्भावना देख्नुभएको छ ?
अहिले ठ्याक्कै नभनांै तर नेपाल कम्युनिस्ट पार्टी मोटो मसाल सँगै साथै नेपाल कम्युनिस्ट पार्टी रातो तारा लगाएत अन्य थुप्रै दलहरुसँग कुराकानी अगाडी बढिरहेको छ ।११) कार्यगत एकता र संयुक्तमोर्चा बारे …… ?
कार्यगत एकता र संयुक्त मोर्चा भन्दाखेरी त एउटै रुप हुन् । यी विभिन्न रुपका हुन्छन । अहिले कार्यगत एकता तथा संयुक्त मोर्चा गरेर ठूलो संघर्ष हुन्छ भन्ने कुरा तत्काल सोचेका छैनौं । महाधिवेशनको प्रक्रियामा अगाडी बढिरहेका छौं । महाधिवेशनबाट ठोस आधार तयार गरिसकेपछि कार्यगत एकता का विषयमा स्वच्नेछौं । कार्यगत एकता र संयुक्त मोर्चा एकअर्काका परिपुरक हुन् । महाधिवेशन पछाडी कार्यगत एकतालाई तिब्र बनाउँदै जान्छौं जस्तो नेकपा पातलो मसाल, सिपि मैनालीको पार्टी यस्तै धेरै दलहरुसँग कार्यगत एकता सम्भव छन् । जातीय, लिङ्गीय तथा क्षेत्रिय उत्पीडनमा परेका शक्तिहरुलाई पनि व्यवस्थित गर्दछौं । हामीसँग कार्यगत एकताको लामो अनुभव छ दलहरुसँगको संयुक्त मोर्चा भन्दा उत्पीडीत जात, क्षेत्र र लिङ्गबाट हामी लक्ष्य नजिक पुगिन्छ । किनकी जातिय, क्षेत्रिय तथा लैङ्गीक उत्पीडन व्याप्त छ । हामीले जनयुद्धको क्रममा पनि एक्कै पटक आएर १२ बुँदे सहमति पश्चात मात्र संयुक्त मोर्चा सम्भव भएको हो । त्यो स्थिति अब हामी तयार गर्छौं ।
१२) अहिले धु्रविकरणको कुरा गर्नु भएको छ यसबारे प्रष्ट्याइदिनुस न ?
यो धु्रविकरण त सामान्यतया भएकै छ तर व्याप्त रुपमा बाहिर देखिने खालको धु्रविकरण गर्नका लागि समय लाग्छ । अलि राम्रो तरिकाले आन्दोलनको उठान गर्न सक्यौं भने अलि विद्रोहले गति लियो भने सम्पूर्ण नेपाली उत्पीडीत जनसमुदाय र शक्तिहरुले हामीलाई सहयोग गर्नेछन् । भोली क्रान्ति गर्नका लागि त पुलिस सेनामा पनि विद्रोह हुन्छ ।
१३) जतिवेला जनयुद्ध सुरु गर्नुभयको थियो त्यतिबेला नेपालमा युवाहरुको विदेश प्लायन हुने लहर यति चलेको थिएन र सजिलो पनि भो तर अहिले युवाहरु सबै खाडिमूलुक र भारततिर अनि आम्सिक रुपमा तेश्रो मूलुकतिर पनि प्लायन हुने लहर बढेको छ अव त नेपालमा युवा छैनन् भन्दा पनि हुन्छ । यस्तो प्राय सबै युवाहरु प्लायन भएको देशमा कसरी क्रान्तिलाई अगाडी लैजानु हुन्छ ?
अव दुईवटा कुरा छ । एउटा कुरा त सबै युवाहरु त विदेशै जान्छन भन्ने कुरा गर्नु भो त्यसो होइन देशमा भएकाले त केहि गर्नुप-यो । दोश्रो कुरा हामीले राम्रो आन्दोलनको थालनी गर्ने हो भने निश्चित रुपमा ति युवा फर्कन्छन् किनकी एउटा रोजगारीकोे कारणले वाध्य भएर गएका छन् । देशमा रोजागारीको सृजना गर्नुपर्छ हामीले भनेका छौं त्यसो हुँदै गएपछि युवा देश फर्कन्छन् । अतः आउने जाने प्रक्रिया चलिरन्छ ।
१४) अबको विश्वको मूल प्रवृत्ति अन्तरनिर्भरता हो भन्ने गरिन्छ । नेपाल आफैमा एक भूपरिवेष्ठित देश हो । त्यसमाथि चीन र अमेरिकाको शक्ति संघर्ष निकै पेचिलो स्तरमा विकसित भैरहेको छ । यो अवस्थामा नेपालमा क्रान्तिको सफलतालाई सुनिश्चित गर्नु भनेको एक देशमा क्रान्तिको सफलता सुनिश्चित गर्नु हो । यसका आधारहरु के के हुन
अब नेपालमा क्रान्तिको सुनिश्चित गर्नु त जनता उत्पीडीत छन् । ति जनतालाई गोलबन्द गर्नु पार्टीलाई बलियो बनाउनु प्रतिक्रियावादीहरुको भण्डाफोर गर्नु आन्दोलनको विकास गर्दै जानु । अमेरीका भारत र चीनको कुरा गर्नु भयो । यी सबैका स्वार्थहरु एक अर्काका विरोधी स्वार्थ छन् । अमेरीकाको उद्देश्य नेपालमा आएर नेपालको सार्वभौमिकता ध्वस्त पारेर चिन माथि हमला गर्ने हो । भारतको उद्देश्य भनेको दक्षिण एशियाली क्षेत्रमा र नेपालमा पनि दादागीरी जमाइराख्ने हो । बाहिरका कोही नआवस भन्ने नै हो । त्यसैले अमेरीका नेपाल आएकोमा भारतलाई इश्र्या छ । त्यो अन्तरविरोधलाई हामीले हेर्नु पर्ने हुन्छ । चिनको कुरा गर्दा खेरी चीनले अमेरीका जस्तो र भारतले जस्तो नेपालको सार्वभौमिकता माथि भारत र अमेरीकाले जस्तो हस्तक्षेप गरेको छैन् । नेपालको सार्वभौमिकताको पक्षमा छ ।
१५) चिनले नेपालको ७ वटा स्थानहरुमा सीमा अतिक्रमण गरेको कुरा सार्वजनीक भएको छ यो कति सत्य हो ?
त्यसबारे हामीले त्यति धेरै अध्ययन अनुसन्धान गरेका छैैनौं सामान्यतया मिचियका सीमानाहरु सबैले फिर्ता दिनुपर्छ भन्ने कुरा हाम्रो हो । दोस्रो कुरा भारतले मात्र हैन चीनले पनि सीमा अतिक्रमण गरेको छ भन्ने कुरा गरेर ध्यान अनेत्रै मोड्ने षड्यन्त्र पनि हो ।
१६) अलि लामो समय सम्म तपाईसँगै रहेर काम गर्ने नेता नेपाल कम्युनिस्ट पार्टी – माओवादीका महासचिव विप्लवले चिनलाई उत्तरसाम्राज्यवाद संज्ञा दिएका छन यसकाबारे प्रष्ट पारिदिनुहोस् ।
विप्लवले नबुझेरै पदावली प्रयोग गरेका हुन् । उत्तर साम्राज्यवाद भनेको साम्राज्यवाद सकियो भनेको हो किनकी साम्राज्यवाद पछि उत्तर साम्राज्यवाद हुन्छ । यसको मतलव साम्राज्यवाद चीनमा साम्राज्यवाद सकियो भन्ने अर्थमा प्रयोग गरिएको हो । विप्लवको केटौले स्वभाव हो उहाँले पदावली नबुझिकन प्रयोग गरेको हो । यसलाई बढि आलोचना गर्न पनि उपयुक्त नहोला ।
१७) महाधिवेसन गर्ने तयारीमा हुनुहुन्छ । यो बेला कुनै पनि पार्टी र नेतालाई जनताले विश्वास गरिरहेका छैनन् । जनताले विश्वास गर्न लायकको पार्टी निर्माण गर्ने के कार्यक्रम छ ?
विश्वास गरिरहेका छैनन भन्ने कुरा त साँचो हो तर उनीहरुको भ्रमबाट पनि मुक्त भएका छैनन् । जनताको आकांक्षा हुने कुरा एउटा हो भ्रम मुक्त हुने कुरा अर्को कुरा हो । जबसम्म प्रतिक्रियावादीहरु मत पेटिका थाप्छन् कतैन कतै भोट हाल्नु पर्याे । यो प्रक्रियामा मन लाएर वा नलाएर पनि जनता गइहाल्छन् । यो प्रक्रिया घुमिरहने कुरा हो । हाल ४० देशमा निर्वाचन हुँदैछ । अहिले इण्डीयामा हिन्दुको प्रभुत्व रामराज्य । पाकिस्तानमा विपक्षलाई जेल हालेर निर्वाचन अव के निर्वाचन तर पनि भोट उसैको बढि आएको छ । अव यो संसारभरी यस्तै चलिरहन्छ । जस्तो अमेरीकाले उदारवादी खुला अर्थतन्त्र भनेर अमेरीकाले भन्ने अनि संरक्षणवादमा त्यहि अमेरीका बस्ने । एउटा भन्ने अर्को भन्ने यस्तै कारणले यीनको लोकतन्त्र यस्तै सकिएको छ । अहिले आन्दोलन त संसार भरी चलेको छ तर सत्ता पल्टाउने स्थिति भने बनेको छैन् । तर परिस्थिति बन्दैछै । जस्तो श्रीलंकामा राष्ट्रपति भवन मै गएर कब्जा गरे हेर्नुपर्ने हुन्छ । त्यस्तै नेपालमा आन्दोलन नेपालमा पनि हुन्छ । अति भो भने जनता सिंहदरवार घेर्न गइहाल्छन् । त्यसको नेतृत्व गर्ने पार्टी बनाउँछौं । प्रतिक्रियावादी ढल्छ जनताले साथ दिन्छ तर हामीले त्यो शक्ति संचय गर्न सक्ने बन्दै छौं । कमिकमजोरीहरु त रहे जस्तो झापा विद्रोहमा पनि यस्तै कमि भएकै हुन । जनक्रान्तिको रथ हाक्ने पार्टी निर्माण गर्छौं ।
१८) तपाई नेपाली कम्युनिस्ट आन्दोलनको थालनी सँगै जन्मीएको होनहार नेतृत्व हुनुहुन्छ । नेपाली कम्युनिस्ट आन्दोलनको झण्डै सात दशक नाघि सक्दा पनि नेपालमा कम्युनिस्टहरु संख्या कम छ । मालेमा वादी स्कूलको बढोत्तरी हुने ठाउँमा यसमा ह्रास आएको देखिन्छ यसलाई व्यवस्थित गर्नका निम्ति जनतालाई कम्युनिस्ट बनाउनका लागि के कस्ता कार्यक्रमहरु तय गर्नुभएको छ ?
सामान्यतः कार्यक्रम तय त गर्दै जानै प¥यो गरेका पनि छौं । महाधिवेशन जाँदैछौं यो भनेको यी सबै तयारीहरु पुरा गर्नका लागि नै महाधिवेशन हो । यसबाट हामी मालेमावादी वेग बढाउने छौं । यसबाट जनता गोलबन्द बन्दै जानेछन् र निश्चित रुपमा सत्ता ढल्नेछ विकल्पमा संयुक्त क्रान्तिकारी सरकारको निर्माण हुनेछ भन्ने कुरामा विश्वस्त छु ।
१९) एउटा व्यक्तिगत विषय पनि सोधौं ः तपाई यति लामो समय कम्युनिष्ट आन्दोलनमा लाग्नुभयो । आम्सीक रुपले सफलता प्राप्त गरे पनि तपाईले धेरै गुमाउनु भयो । तपाईले अति विश्वास गर्ने पात्रहरु धोका दिएर गए । पाउने कुरा निकै न्युन रह्यो । नसोचेका घटना भए नसोचेको धोका नेतृत्व तहबाट भयो ,तपाईलाई कहिलेकाहिँ ग्लानि हुदैन ?
अव त्यो हुने कुरै भएन, अवरवादका विरुद्ध संघर्ष गर्दै आइएको छ गलत प्रवृत्तीका विरुद्ध जुभ्mदै आईएको छ । सामन्तवादका विरुद्ध लागिएको छ । एउटा माक्सवादको सिद्धान्तलाई आवलम्बन गरेर अन्तराष्ट्रिय सर्वहारावादको सिद्धान्त आवलम्बन गरेर नेपाललाई मुक्त गर्ने भनेर साम्यवादको महान अभियानमा लागि यसमा गौरव छ । ठिक कार्य गरिएको छ भन्ने लागेको छ ।
२०) विश्वको कम्युनिस्ट आन्दोलनकै नयाँ दुर्घटना नेपालका क्रान्तिका नायक नै खलनायक बने यस सन्दर्भमा हजुरको के धारणा छ ? प्रचण्ड, बाबुराम, बादल, विप्लब आदि नेताहरु अर्को धू्रवमा छन् उनीहरु कुनै कालखण्डमा यो नयाँ जनवादी क्रान्तिमा फर्केलान ?
तीनीहरु लामबद्ध पनि हँुदैनन भएर पनि काम छैन विश्वास गरिन्न । तपाईले हेर्नुभयो भने विश्वकै कम्युनिस्ट आन्दोलनमा कार्ल काउस्की, बर्नस्टिन, खु्रस्चेप नेपालमा पनि तुल्सीलाल रायमाझी आदिहरु पनि त कहिल्यै जनक्रान्तिमा फर्केका थिएनन । आए पनि स्वार्थ सिद्ध गर्न आउँछन अर्को धोका दिन्छन् । अब क्रान्तिकारी धारा भनेका हामी नै हो ।
२१) नेपाली जनतालाई वा भनौ तपाईहरुलाई वा जनक्रान्ति माथि खेलवाड गर्ने क्रान्तिका धोकेवाजहरुलाई क्रमशः कार्वाहीको दायरामा ल्याउने क्रान्तिकारी पार्टीको खोजी भइरहेको छ । त्यस्तो तपाईहरुले नै लालगद्दारको संज्ञा दिएकाहरुलाई कार्वाही गर्ने कार्यक्रम ल्याउनु हुन्छ ?
त्यस्तो व्यक्तिगत कार्वाहीको त कुरा नगरौं कसैलाई व्यक्तिगत रुपमा त्यसो गर्नुहुँदैन । तर जनताले कार्वाही गर्दै जानेछन् चिनेका छन् ।
२२) यो सत्ताव्यवस्था नमान्ने विप्लवको आउने के समभावना छ ?
विप्लव आउँदैनन क्रान्ति गर्दैनन उनी सत्ता साझेदारीको कुरा गरेका हुन् । विश्वास छैन । विप्लवमा क्रान्तिकारी हिसावले तिथिमिति पुगिसक्यो ।
२३) समाजाद एक उन्नत समाज व्यवस्था हो, माक्र्सवाद अहिलेसम्मको एक सर्वोत्कृष्ट बिचार विज्ञान हो । यसप्रति आश्स्त पार्न अबको नयाँ पुस्तालाई के भन्न चाहनुहुन्छ ?
नयाँ पुुस्ताले पहिलो कुरा त तुरुन्त फल खोज्ने प्रवृत्ति हुनुभएन । कतिले भन्ने गरेका छन यतिका लागियो के फाइदा भयो र ? त्यो गलत हो त्यसको कुरामा ख्याल गर्नु पर्छ अर्को कुरा अध्ययन गर्नु पर्छ । क्रान्तिकारी शक्तिको विकास हुँदै गइरहेको छ । अन्ततः निश्चित कुरा हो जनताको जित हुन्छ किनकी मालेमावाद विज्ञान हो यो खेर जाँदैन । जित्छ ।