News Portal

  • राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टी घोषणा

    जनादेश संवाददाता२०८१ आश्विन ४
    १६ पटक

    नेपालको विकट सिन्धुपाल्चोक जिल्लाको सुनखानी गाविस वडा नं. ८ तामाङ्ग समुदायमा जन्मिएका र त्यही घरपाएकको श्री महेन्द्रोदय माद्यामिक विद्यालयबाट माद्यमिक शिक्षा हासिल गरि उच्च शिक्षा अध्ययन गर्न काठमाडौं आएर पिपुल क्याम्पस पक्नाजोलबाट प्रमाणपत्र तह सम्मको शिक्षा हासिल गरि लामो समय पर्यटन लगाएतका व्यवसायमा सफल्ता हासिल गर्दै काठ्माडौं युनिभर्सिटीबाट दर्शन शास्त्रमा स्नात तथा पूर्वाञ्चल विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातक गरेका बुद्धछिरिङ्ग मोक्तानको लामो समय देखिको दार्शनीक तथा वैचारिक राजनीतिक अध्ययन अनुसन्धानबाट नेपालको अन्यौलग्रस्त राजनीतिक अवस्थाको निधानमा आधारीति एउटा नयाँ विचार स्वदेशवादको जगमा बहुलराराष्ट्रिय राज्य र सामुदायिक समाजवादको अवधारणामा आधारीत भई नेपालको पिछडिएको तथा राज्यव्यवस्थाले उपेक्षा गर्दै आईरहेको मधेशको सर्लाही जिल्लाको ववरगंज गाविस नारीमन भन्ने ठाउँको एक ग्रामिण समुदायमा जन्मिएका र मधेशी जनताको अधिकारका लागि सदभावना पार्टी निर्माण गरि र मधेशी जनताको जनादेश प्राप्त गर्दै नेपाल सरकारको उप–प्रधानमन्त्रीको पद सम्म सम्हालेका जननेता राजेन्द्र महत्त्वको अध्यक्षतामा यो देशमा भएका क्रान्तिका अधुरा कार्यभारहरु पुरा गर्ने उद्देश्यका साथ विकल्पमा एउटा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल नामक दल घोषणा गरिएको छ । देशमा लुटखसोट मच्चाउने देश बेच्ने दलाल सत्ताधारी राजनीतिक दलहरुको विकल्पमा पहिचान सहितको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालहरुलाई उठाउँदै एक ठूलो दल स्थापना गर्ने लक्ष्य रहेको कुरा नव निर्मित पार्टीका अध्यक्षले हाम्रो श्रोतलाई बताएका छन्

    यस देशमा सामन्ती दास युग देखि जातिय, लैङ्गीक तथा वर्गीय उत्पीडिनमा परेका जनताहरुको क्रमशः उन्मुक्ति गर्दै राष्ट्रिय स्वाधिनता, भौगोलिक अखंडता र सार्वभौम सत्तालाई जोगाउँनको लागि यो दलको जन्म भएको हो । यहाँ उत्पीडनको पनि वर्गीकरण गरिनुपर्छ किनकी जति उत्पीडन, यहाँका दलित जातिले भोग्नु परेको छ त्यति उत्पीडन जनजातीले भोग्नु परेको छैन, जति उत्पीडन जनजातिले भोग्नु परेको छ त्यति उत्पीडन खस आर्यले भोग्नु परेको छैन । खस आर्यले वर्गीय उत्पीडनका विरुद्धमा मात्र लडे हुन्छ भने दलित, जनजाती र मधेशीले भने वर्गीय, जातिय र क्षेत्रिय तिन खाले उत्पीडनका विरुद्धमा लड्नु पर्ने हुन्छ अझ झन महिलाहरुले त अर्को झन ठुलो लैङ्गीक उत्पीडनका विरुद्धमा लड्नै पर्ने स्थिति रहेको कुरा माथि प्रकाश पार्दै यी सबै उत्पीडनका विरुद्धमा लड्ने एउटा मात्र वैकल्पीक शक्ति निर्माणको केन्द्र विन्दु राष्ट्रिय मुक्ति क्रान्ति पार्टी भएको कुरा माथि प्रकाश पारेका छन् ।


    नेपालको राजनीतिक इतिहासमा गठन, विगठन र पुनर्गठन एउटा यस्तो अबिच्छिन्न चलिरहेको प्रक्रिया हो जो कहिल्यै समाप्त हुदैन, बरु एक पछि अर्को निरन्तर अघि बढिरहन्छ । यो एक यस्तो सार्भभौम नियम हो, जो प्रकृति र मानव जिवनको हर क्षेत्रमा केहि विशिष्टताकासाथ तर, समानरुपले लागु भईरहन्छ । समान्यतः प्रत्येक गठन आफैमा पुनर्गठन हो भने प्रत्येक पुनर्गठन एउटा नयाँ गठन पनि ! अतः प्रत्येक नयाँ एउटा समयचक्रमा पुरानोमा रुपान्तरण हुनु जति आवश्यक हुन्छ ठिक त्यसरी नै नयाँले पुरानोको स्थान लिनु उत्तिकै अनिवार्य हुन्छ । पुरानो नयाँमा रुपान्तरित हुनु या नयाँले पुरानोलाई विस्थापन गर्नुको त्यो बेला एउटा असामान्य स्थिति पैदा हुन्छ, जसलाई विष्फोट या ध्वंसको विन्दुकारुपमा परिभाषित गर्न सकिन्छ, त्यसलाई नै विगठन भनिन्छ । विघटन अर्थात् ध्वंस बिना नयाँको परिकल्पना असम्भव हुन्छ । विगठनले नै नयाँ र पुरानोलाई आधारभूतरुपले एक अर्को भन्दा गुणात्मकरुपले भिन्न बनाईदिन्छ । ठिक त्यस्तै परिस्थितिमा फरक परिवेशबाट फरक विचारबाट फरक ढंगले अधुरा क्रान्ति पुरा गर्ने लक्ष्य लिएर फरक व्यक्तित्वहरुको प्रयास रहेको एक नेपालको नयाँ राजनीतिक अभ्यासको आरम्भ भएको छ ।


    राष्ट्रिय अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय अर्थतन्त्रसँग आबद्ध गरी मुलुकको वस्तु तथा सेवा व्यापारलाई थप प्रतिस्पर्धी बनाउँदै खुला अन्तर्राष्ट्रिय व्यापार प्रणालीबाट अधिकतम आर्थिक लाभ लिने उद्देश्यले नेपाललाई सन् २००४ मा विश्व व्यापार सङ्गठनको सदस्य बनाउने नेपालका असफल अर्थशास्त्री रामशरण महतका कारण नै देशमा भएका सबै उद्योगधन्दा, कलकारखानाहरु विस्थापित भए देशमा कमिशनतन्त्र स्थापना भयो फलतः रामशरण लगाएत केही व्यक्तिहरु रातारात अरव खरव पति त भए तर देश असफल हँुदै आज विश्वको अति विपन्न मुलुकमा सूचिकृत भइसकेको छ । यति मात्र नभई देश आज उपभोक्तावादको प्रशव पिडाको आहालमा चुर्लुम्म डुवेको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविका खतरामा परेका छन् । कथित व्यवस्थाका न्यायपालिका, व्यवस्थापिका र कार्यापालिका निकम्मा भईसकेका छन भने देशको चौथो अंगको रुपमा रहेका मिडिया सत्य र न्यायको पक्षधर हुनुको सट्टा पुरै दलाल तथा दास मनोबृत्तिबाट सञ्चालित मुलतः सत्ता संरक्षक मात्र बनेको छ । यसको विकल्प यो पार्टीले खोज्ने कुरा विचार संस्लेशक सन्तोष मेहत्ताले बताएका छन् ।