News Portal

  • राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आज राजीनामा दिँदै

    जनादेश संवाददाता२०८१ असार २१
    १३ पटक

    २० असार, रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले आज राजीनामा दिँदै छन् । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्रीहरुले राजीनामा बुझाउने जानकारी दिए ।‘हिजो नै राजीनामा दिने सोचेका थियौं तर पार्टी बैठकले सम्भव भएन । अहिले बिहान आठ बजे प्रधानमन्त्रीलाई राजीनामा बुझाउने तयारी छ,’ परियारले भने ।

    सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।