रमा पन्थी । रुपन्देही
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता तथा समाजसेवी नारायण प्रसाद अग्रवालको प्रमुख आतिथ्यतामा अढाइ महिने कम्प्युटर वेसिक कोर्ष तालिम सुरु भएको हो । तालिमको उदघाटन गर्दै कार्यक्रमको प्रमुख आथित्यता ग्रहण गर्नु भएकाअग्रवालले प्राबिधिक शिक्षा आजको आवश्यकता भएको बताउनु भएको थियो । उहाले जब सम्म सिप सिकिदैन तब सम्म अगाडी बढन नसकिने कुरामा जोड दिदै कम्प्युटर शिक्षाको धेरै महत्व रहेको बताउनु भएको छ । उहाले प्राविधिक शिक्षा नभए रोजगारी पाउन पनि समस्या हुने भएकोले प्राबिधिक सीप सबैमा हुनुपर्ने उल्लेख गर्नु भयो ।
प्रमुख अतिथी अग्रवालले हरेक क्षेत्रमा कम्प्युटर शिक्षाको महत्व रहेकोले कम्प्युटर सम्बन्धी सीप सिकेर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनु भएको छ । उहाले सीप सिकेर रोजगारी संग जोडन सके मात्र कम्प्युटर तालिमको सिकाइ उपलब्धी मुलक हुने बिश्वास ब्यक्त गर्नु भएको छ । नगरपालिकाबाट पाएको बजेट वडा नम्बर ५ ले सहि ठाउमा प्रयोग गरेको बताउनु भयो । उहाले वडा नम्बर ५ ले शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा लगानी गर्दै मानबिय बिकासमा समेत महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको बताउनु भएको छ ।
अग्रवालले प्रशिक्षार्थीहरुलाई अनुशासित भएर सिक्न आग्रह गर्दै आगामी दिनमा पनि वडा नम्बर ५ लाई यस्तै किसिमका कार्यक्रमहरु ल्याउन आग्रह गर्नु भएको थियो ।