News Portal

  • रुपन्देहीमा यौनिक तथा लैंगिक अल्पसंख्यककाे पहिचान सहितकाे गौरव मेला सम्पन्न

    जनादेश संवाददाता२०८१ असार १४
    १५३ पटक

    १३ असार ,रुपन्देही । रुपन्देहीको भलवारीमा मंगलबार पहिचानभएको छ । साहासी कदम नेपाल रुपन्देहीको आयोजना तथा यु एस एम्बेस्सीको सहयोगमा पहिलो पटक रुपन्देहीमा गौरव मेला सम्पन्न भएको हो । मेलाको उदघाटन गर्दै समाजसेवी दुर्गा प्रसाद पाण्डेले रुपन्देहीमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय धेरै भए पनि जनगणनामा नदेखिएको बताए ।

    पाण्डेले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई आफनो पहिचान नलुकाउन आग्रह गर्दै आफनो पहिचान लुकाउदा राज्यको हेराइ नै फरक भएको उल्लेख गरे। यो समुदाय खुलेर बाहिर आउदा राज्यले यो समुदायको अधिकार दिन बाध्य हुने उनले बताए। संबिधानले दिएको सम्पत्तीको हक, बैवाहिक हक, नागरिकताको हक, साथैे मौलिक हकको रुपमा तेस्रोलिंगीले पाउने अधिकारको रुपमा सुनिश्चत गरेको अवस्थामा यो समुदाय समुहको रुपमा आउनुपर्नेमा जोड दिएका छन् । उनले यो समुदायलाई सम्बोधन गर्नका लागी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले राज्यलाई बाध्य तुल्याउनुपर्ने आग्रह गरेका छन्। टयालेन्ट सो मा प्रस्तुत भएका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका जिवनमा आधारित प्रस्तुतीलाई देखेर भावुक भएको बताए ।

    कार्यक्रममा बोल्दै युएस एम्बेस्सी भैरहवा शाखा कोर्डिनेटर दिपिका गिरीले यौनिक तथा लैंगिक समुदायलाई संग संगै अगाडी बढाउदै लैजानु पर्ने बताइन् । उनले यो समुदायमा अवसरको खाचो भएको बताउदै आगामी दिनमा पनि निरन्तर सहयोग रहने उल्लेख गरिन् ।

    गौरव मेला तथा टयालेन्ट सो मा १० जनाको प्रतिस्पर्धात्मक प्रतियोगितामा थियो । प्रतियोगितामा क्यानन सेकेण्डरी स्कुलको तृप्ती र आसिका प्रथम , लिली थापा द्धितिय र प्रनिशा थापा तृतीय भएका थिए ।

    बिभिन्न संघ संस्था तथा स्थानियहरुको उल्लेख्य सहभागिता रहेको गौरव मेलामा स्थानिय उत्पादन संग जोडिएका सामाग्री तथा परिकारहरु सहित १० भन्दा बढी स्टलहरु राखिएको थियो ।