राम बहादुर बुढा / २७ चैत्र २०८०
रुष र युक्रेनको लडाई पश्चात युद्धउन्मुख बन्दै गएको विश्वजगतको प्रभाव र नेपाली सहासको आवश्यकता सँगै नेपाली युवाहरु माथि छलछाम तथा तस्करी हुँदै आएको कुरा यतत्रतत्र चर्चाको विषय मात्र बनेन हाल सम्म ६२० जना नेपालीहरु रुषी रणमैदानमा झुक्कीएर विना सेवासुविधा फसिसकेको कुरा श्रोतले उल्लेख गरेको छ । जस मध्य ३९ जनाको मृत्युले १८ जना मृत्यु भयो भनिएका तर पुष्टी हुन बाँकी र ५ जना युक्रेनको कब्जामा ११७ जना घाइते र ९ जना करार सम्झौता रद्द गरेका ११ जना रुषी राहदानीका लागि आवेदन दिएका र १९ जना रुषी राहदानी नलिने कागजमा हस्ताक्षर गरेका जस्ता खवरले रुष जाने सदस्यहरुका घरपरिवारजन शोकाकुल रहेको अवस्था छ भने रुषी सेनामा कार्यरत भई फर्किएका नेपाली युवाहरुले रुषी सेनामा १४ हजार ७ सय जना रहेको दावीले अवस्था चिन्ताजनक बन्दै गएको छ ।
यसै विषयलाई लिएर मिति २०८० चैत्र १७ गते सिंहदरवारको दक्षिण गेटमा प्रर्दन गरेको थियो । उक्त प्रदर्शन टोलीका प्रमुख कृतु भण्डारी सदस्य टेक बटाला, सोनुलाल यादब, चादनी बिष्ट, गोमा राई, जानुका सुनुवार, सम्झना अधिकारी, जशुधन राई, रोजी पुन, गिता घर्ती मगर, बुद्धिमाया ब्रामु, साता सुनुवार, उमेश तामाङ गोकर्ण राई, मीन बहादुर दाहाल, टेनिस पुन (१८ महिने बालक लाई गिरप्mतार गरि करिव ३ घण्टा पश्चात रिहाइ गरिएको हो ।
सो टोलीले रुषी सेनामा फसेका नेपालीहरुलाई सकुशल उद्दार गर्न, करार संझौता रद्द गर्न, मृतक घरपरिवारको क्षेतिपुर्ति, घाईतेको उपचार र युक्रेनको कब्जामा रहेका युद्ध बन्दीहरुको सकुशल उद्दार लगाएतका १३ बुदे माग सहित मिति २०८० चैत्र २३ गते गते गृहमन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको छ ।