लक्ष्मण ज्ञवाली
“आहा के साह्रो रमाइलो हो ?”
“झ्याम्म झ्याम्म डम्फू मादलको तालमा रिडी, कालीगण्डकीको बगरभरि झुण्ड झुण्डमा नाच्दैगरेका युवायुवतीहरूको गम्को माथीबाटै देखिएको थियो ।
तराईबाट मेलाहेर्न गएको नातिले ति रमाइला दृश्य तर्फ इंकित गर्दै हजुरबालाई भन्यो, “हजुरबा ! हामी पनि त्यतै जाउँ न ।
“पख पख पहिले गण्डकी नुहाउने , मन्दिरहरूको दर्शन गर्ने अनि राम हेर्न जाने ।”
“अरु के के छन् हजुरबा हेर्ने कुरा ?”
“यो रूरूक्षेत्र तीर्थधाम हो । कालीगण्डकी स्नान यहाँको मुख्य आकर्षण हो । यो मेला तिन दिनसम्म चल्छ । यहाँ साना ठुला २५सौं मठ मन्दिर छन।मुख्य ऋषिकेश मन्दिर हो । अर्को हालै निर्माण गरिएको (गुल्मी,पाल्पा र स्याङ्जा जोड्ने ) तिनमुखे पुल हो। संसार मै दुर्लभ शालीग्राम यही कालीगण्डकीमा पाईने हुनाले यो ठाउँ विश्वप्रशिद्ध छ ।”
हजुरवाले नातिलाई यो ठाउँको विशेषता अवगत गराउँदै स्नान गर्न लाग्नुभयो ।
मानिस को घुइँचोका कारण नातिले लुगा सरसामान कुरेर किनारमा बस्यो।
यही समयमा एक हुल मानिस रामनाम सत्य हो । रामनाम सत्य हो भन्नेनारा लगाउदै लाश बोकेर उनीहरू भए छेउ तिरै आएको देख्यो ।
“केही बेरमै मलामीले आफु भए छेउ छाउँमै सलो तैयार गरी लाश जलाउन शुरू गरे ।
नजिकै लाश जलेका कोइलाको फोहोर,असरल्ल कुसेत्राहरू,
सुस्त गतिको पानीको बहाब ।कोइला बटुल्ने सडकबालबालिकाको तानातान गर्दै गरेको दृश्यले नातीको मन खल्बलियो ।
“म त नुहाउँदिन हजुरबा यस्तो फोहोरमा ।”
तीर्थमा आएको बेला नुहाउनु पर्छ बाबु ।”
नातीले नुहाउन इन्कार गर्यो ।
उसले हजुरबा सँग एकैपटक धेरै कुराको जवाफ माग्यो ।
“के अबको पुस्ता यस्तै फोहोरमा डुबुल्की लगाउँनु पर्ने हो ?
कालीगण्डकी महिमा अब पुराणमै मात्र सिमित भयो ?जातजाति भाषा भाषीलाई एकसूत्रमा बाँध्ने माघेसंक्रान्ति जस्ता अनेकौं लोकप्रिय पर्व र सभ्यता क्रमश: लोप हुँदै जाने हुन् ?
के सांस्कृतिक धरोहर जोगाएर विकास गर्न सकिदैन ?”
नातिका प्रश्नले हजुरबा अवाक भए । लज्जाजनक भावमा उनले भने – “आस्थासँग विजुली साटि हालियो नाति । “
तिलोत्तमा १
नीलगिरि पथ
शंकरनगर ,रूपन्देही ।