News Portal

  • ललितपुरकाे प्रहरी चौकीमा पस्यो खहरे खोला

    जनादेश संवाददाता२०८१ श्रावण १३
    ३ पटक

    १३ साउन, रुपन्देही । बागमती गाउँपालिका–६ काे आसराङ प्रहरी चौकीमा खहरे खोला पसेको छ । शनिबार राति पानि परेपछि आएको खहरे खोला चौकीमा पसेको हो ।

    पहिरोले ह्युम पाइप पुरिएपछि लिकुनी खहरे खोला चौकीमा पसेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । चौकीभित्रै खहेर पस्दा मानवीय क्षति नभए पनि भौतिक क्षति भएको प्रहरीले जनाएको छ ।

    चौकीमा बाढी पसेपछि राति १२ बजेबाटै लत्ताकपडा, र बन्दोबस्तीका सामानहरु सारिएको थियो । अहिले खहरे रोकिए पनि चौकीभित्र लेदा भरिएकाले बस्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

    चौकीमा बाढी पसेपछि राति १२ बजेबाटै लत्ताकपडा, र बन्दोबस्तीका सामानहरु सारिएको थियो । अहिले खहरे रोकिए पनि चौकीभित्र लेदा भरिएकाले बस्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।