News Portal

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले आज विश्वासको मत लिने तयारी

    जनादेश संवाददाता२०८१ श्रावण ६
    २ पटक

    ६ साउन, रुपन्देही ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले  आज आइतबार विश्वासको मत लिने तयारी गरेका छन् । चौथो अधिवेशनको २४ औँ बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने सम्भावित कार्यसूची सार्वजनिक भएको हो । बैठक आज १ बजेलाई बोलाइएको छ।

    लुम्बिनी प्रदेश सभाले २४ औँ बैठकमा मुख्यमन्त्री जोखबहादुर महराले वक्तव्यसहित आफूमाथि प्रदेश सभाको विश्वास छ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्ताव माथि छलफल भई उठेका प्रश्नहरूको जवाफ मुख्यमन्त्री दिने सम्भावित कार्यसूची रहेको रहेको छ । माओवादीका १०, नेकपा एस र राष्ट्रिय जनमोर्चा एक/एक गरी १२ जनाको मात्रै समर्थन रहेको छ।

    प्रदेश सचिव दुर्लभकुमार पुनले  मुख्यमन्त्रीले विश्वास मत लिने सम्भावित कार्यसूची प्रदेश सभामा सदस्यहरूलाई पठाएको छ । उनले बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट मौजुदा मन्त्रिपरिषद्मा कार्यविभाजन गरी पुनर्गठन गरिएको पत्र सभामुखले पढेर सुनाउने कार्यसूची पनि रहेको खुलाए ।

    सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिने वा राजीनामा दिनुपर्ने हुन्छ । माओवादी संसदीय दल नेता महरा एमालेका २९, माओवादी १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा ३, नेकपा एकीकृत समाजवादी एक र स्वतन्त्र सांसद खड्ग बस्नेत गरी ४८ जनाको समर्थनमा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।