२७ असार,रुपन्देही । गुल्मी जिल्ला पूर्ण खोप दिगोपना सुनिश्चतता जिल्ला घोषणा भएको छ । १५ महिनासम्मका बालबालिकाहरुले लगाउनुपर्ने सम्पूर्ण खोपहरु पूरा भएपछि पूर्ण खोप दिगोपना सुनिश्चतता जिल्ला घोषणा गरिएको हो ।
बुधबार लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका खोप सुपरभाइजर कुमार थापाले जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चतता भएको प्रमाणपत्र समन्वय प्रमुख तथा जिल्ला खोप समन्वय समिति गुल्मीका प्रमुख द्रोर्णबहादुर खत्रीलाई प्रदान गरेका हुन् ।सुनिश्चतता जिल्ला घोषणा गर्दै सुपरभाइजर थापाले यस अभियानमा वडास्तरदेखि जिल्लासम्म खटिने सबै स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका रहेकोमा धन्यवाद र १५ महिना मुनिका बच्चाहरुलाई खोप सुनिश्चित भएकोमा खुसी व्यक्त गरे।
पूर्ण खोप दिगोपना सुनिश्चतता जिल्ला घोषणा कार्याक्रममा स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरीक्षक पशुपति आचार्यले जिल्लामा खोपको क्षेत्रमा गरेका प्रगतिहरुको बारेमा उल्लेख गरेका थिए ।