जनादेश संवाददाता२०८१ असार १५
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडैलले सरकारको असफलताका कारण विद्यार्थीलाई अयोग्य ठहर्याइएको बताएका छन्।
बैठकमा बोल्दै सांसद पौडेलले शिक्षाको गुणस्तर बढाएर बढी भन्दा बढी विद्यार्थी पास गर्न सरकार नलागेको बताए ।
यसले विद्यार्थी फेल भएको हो कि सरकार फेल भएको भन्ने प्रश्न उठ्ने पौडेलले बताए। ‘५२ प्रतिशत भन्दा बढी ग्रेडिङ भित्र परेन। ५२ प्रतिशत विद्यार्थी फेल भएका हुन् कि सरकार फेल भएको हो ?,’ उनले भने।‘ सरकारले नागरिकलाई त्यसरी अयोग्य घोषणा गर्न सक्छ?,’ उनले प्रश्न गरे।
पौडेलले २ लाख ४२ हजार ३१३ जना मानिसलाई सरकारले तिमी अयोग्य हौ, पढेर खान सक्दैनौँ र उच्च शिक्षा पढ्ने तिम्रो हैसियत छैन भनेर घोषणा गरेको बताए।