News Portal

श्रमिक कम्युनिस्ट पार्टी नेपालले स्वास्थ्य लाभको कामना , श्रद्धाञ्जली सँगै उद्दार एवम् राहत कार्यमा लाग्न निर्देशन

जनादेश संवाददाता२०८१ असार २९
१६ पटक

२८ असार,रुपन्देही। श्रमिक कम्युनिस्ट पार्टी नेपालका संयाेजक समरजंगद्धारा बाढीमा बगाएको दुई बसकाे घटना बारे दुख व्यक्त गरेको छ । हिजो राति साढे तिन बजे राति मुग्लिन नारायणगढ सडक सिमतालमा आएको बाढीले दुईवटा बस बगाएको थियो । उक्त पार्टीले देशै तथा उक्त घटनामा घाइते भएकाहरूको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतक प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टीले विज्ञप्ति जारि गर्दै देशै भरि भारी वर्षाका कारण बाढी(पहिरो र दुर्घटनाबाट ठूलो जनधनको क्षति भएकोले आफ्ना नेता कार्यकर्ताहरुलाई सम्पूर्ण पार्टी पङ्क्तिलाई उद्दार एवम् राहत कार्यमा लाग्न निर्देशन गरेको छ ।


उक्त पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । “देशका विभिन्न स्थानमा भारी वर्षाका कारण बाढी(पहिरो र दुर्घटनाबाट ठूलो जन(धनको क्षति भएको छ । आज देश शोकाकुल एवम् स्तब्ध छ । नारायणगढ(मुग्लिन सडक खण्डको सिमतालमा पहिरोले दुईवटा गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्ज(काठमाडौँ चल्ने एन्जल० बस बगाएर लगभग ६५ जना बेपत्ता भएका छन् । श्रमिक कम्युनिस्ट पार्टी नेपाल देशभर भएका घटनामा ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना तथा शोकाकुल परिवार जनमा गहिरो समवेदना व्यक्त गर्दछ । बाढी(पहिरो आदि प्राकृतिक प्रकोप र दुर्घटनामा जनधनको क्षतिको उद्दार, राहत एवम् क्षतिपूर्तिको अविलम्ब व्यवस्था गर्न हाम्रो पार्टी सरकारसँग जोडदार माग गर्दछ । सम्पूर्ण पार्टी पङ्क्तिलाई उद्दार एवम् राहत कार्यमा जुट्न हार्दिक आह्वान गर्दछौँ ।”