News Portal

  • श्रमिक कम्युनिस्ट पार्टी नेपाल रुपन्देहीको नगर प्रशासन र नगर प्रहरीलाई चेतावनी

    जनादेश संवाददाता२०८१ श्रावण २१
    ४ पटक

    २१ साउन रुपन्देही । बुटवलमा गत शनिबार बिरामी श्रीमान पाल्न डोकोमा डुलाएर सामान बेच्दै आई रहेकि टिका श्रीस मगरलाई अस्पताललाइनबाट नेपालगन्जरोडसम्म लखेट्‌दै गर्दा नगर प्रहरीले डोको तान्दा नाम्लो घाँटीमा झरेर पासो लागेर झण्डै ज्यान जाने अवस्थाको सिर्जना गरिरहेको छ । उहाँलाई नगर प्रहरीले लछारपछार गर्दा कुर्ता च्यातिएर अर्धनग्न समेत हुनु भएको भन्दै श्रमिक कम्युनिस्ट पार्टी नेपाल रुपन्देहीले नगर प्रशासन र नगर प्रहरीलाई चेतावनी दिदै यस्तो कार्य नगर्न समेत अनुरोध गरेको छ ।

    श्रमिक कम्युनिस्ट पार्टी नेपाल रुपन्देहीले नगर प्रहरीको दमन विरुद्ध आम जनसमुदायहरुलाई सशक्त प्रतिकारमा उत्रिन अपिल गरेको छ । यस्तो कार्य नराेकिए जनसंघर्ष गर्न बाध्य समेत हुने समेत जनाएको छ ।

     उक्त पार्टीले जारी गरेको वक्तव्य

    यहाँ ध्येयलाई पुरा गर्दै रुपन्देहीको बुटवल उपमहानगर पालिकाको नगर प्रशासनले नगर प्रहरी लगाई शनिबार टिका श्रीस मगरलाई अस्पताललाइनबाट नेपालगन्जरोडसम्म लखेट्‌दै गर्दा नगर प्रहरीले डोको तान्दा नाम्लो घाँटीमा झरेर पासो लागेर झण्डै ज्यान जाने अवस्थाको सिर्जना गरिरहेको छ । उहाँलाई नगर प्रहरीले लछारपछार गर्दा कुर्ता च्यातिएर अर्धनग्न समेत हुनु भएको छ । बुटवलको इटाभट्टीलाइनमा बस्दै आउनु भएकी उहाँले छोरा छोरी पढाउन र बिरामी श्रीमान पाल्ने कुनै उपाय नभएर कहिले सडक पेटीमा त कहिले डोकोमा डुलाएर सामान बेच्दै आई रहनु भएको अवस्थामा नगर प्रहरीको सिकार हुनु भएको खबरले हाम्रो श्रमिक कम्युनिस्ट पार्टी नेपाललाई आक्रोसित बनाएको छ ।

    उक्त घटनाको खेद प्रकट गर्दै नवऔपनिवेशिक पूँजीवादी दलाल संसदीय व्यवस्थाका मतियारहरुलाई यस्तो रवैया प्रदर्शन नगर्न चेतावनी दिन चाहान्छौं। यी यस्ता कार्यहरु तत्काल रोकि युवा वर्ग, मेहनतकस श्रमजीवी वर्ग र सुकुम्बासीहरुको समस्याहरुलाई तत्काल सम्बोधन गरि वैकल्पिक व्यवस्था गरियाेस् पार्टी संयाेजक दिग्दर्शन १) वैज्ञानिक र न्यायोचित बजार व्यवस्थापन, २) रोजगारीको सिर्जना, ३) रोजगार तथा आयमुलक व्यवसाय र ४) वैज्ञानिक र न्यायोचित सुरक्षित स्थायी आवासको व्यवस्था गर्न पनि जोडदार माग गर्दछौं । अन्यथा हाम्रो पार्टी आम श्रमजीवी युवा, मेहनतकस र सुकुम्बासी आम न्याय प्रेमि जनसमुदायहरुको साथमा जनसंघर्ष गर्न बाध्य हुनेछौं । साथै यस्तो रवैया विरुद्ध आम जनसमुदायहरुलाई सशक्त प्रतिकारमा उत्रिन समेत अपिल गर्दछौं । : दिग्दर्शन पार्टी संयाेजक ,साउन २० गते

    १) वैज्ञानिक र न्यायोचित बजार व्यवस्थापन, २) रोजगारीको सिर्जना, ३) रोजगार तथा आयमुलक व्यवसाय र ४) वैज्ञानिक र न्यायोचित सुरक्षित स्थायी आवासको व्यवस्था गर्न पनि जोडदार माग गर्दछौं । अन्यथा हाम्रो पार्टी आम श्रमजीवी युवा, मेहनतकस र सुकुम्बासी आम न्याय प्रेमि जनसमुदायहरुको साथमा जनसंघर्ष गर्न बाध्य हुनेछौं । साथै यस्तो रवैया विरुद्ध आम जनसमुदायहरुलाई सशक्त प्रतिकारमा उत्रिन समेत अपिल गर्दछौं ।