News Portal

  • रुपन्देहीमा संचारकर्मी टिका खरेलमाथी सांघातिक आक्रमण दोषीमाथि कारवाहीकाे माग

    जनादेश संवाददाता२०८१ असार २६
    २ पटक

    २५ असार,रुपन्देही। रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं १ मा रहेको सैनामैना पश्चिम पर्रोहामा संचारकर्मी टिका खरेलमाथी सांघातिक आक्रमण भएकाे छ। असार २४ गते सोमबार साँझ करिव ५ बजेको समयमा पर्रोहा नमूना माध्यमिक बिद्यालयको शैक्षिक गतिविधि सम्वन्धि सूचना लिन विद्यालय गएको र सोही क्रममा विद्यालयका प्रधानाध्यापक नेत्रलाल पुरीले सूचना दिन आनाकानी गरेपछि दोहोरो विवाद भएकाे र पछि आक्रमण भएकाे थियाे । सोमबार साँझ नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गरेका खरेलले दोषीमाथि कारवाहीका लागि इलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीमा जाहेरी दिएका छन् ।

    खरेल भन्छन् “दोषीमाथि कारवाही गर रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं १ मा रहेको सैनामैना पश्चिम पर्रोहा नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक नेत्रलाल पुरीको निर्देशनमा विद्यालयका सुरक्षा गार्ड छिविलाल शर्माले ममाथि सांघातिक आक्रमण गरेका छन् । असार २४ गते सोमबार साँझ करिव ५ बजेको समयमा बिद्यालयको शैक्षिक गतिविधि सम्वन्धि सूचना लिन विद्यालय गएको र सोही क्रममा विद्यालयका प्रधानाध्यापक नेत्रलाल पुरीले सूचना दिन आनाकानी गरेपछि दोहोरो विवाद भएको हो । “

    उनी भन्छन् “विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवलाल बस्यालकै अगाडी प्रधानाध्यापक पुरीले सूचना दिएर सहजीकरण गर्नुको साटो उल्टो सुरक्षा गार्डलाई आक्रमण गर्न निर्देशन दिए । सुरक्षा गार्डको आक्रमणबाट म घाईते भएको छु । फलामको रड र लाठीबाट मेरो शरीरमाथि प्रहार भयो । सूचना माग्ने राज्यको चौथो अंग पत्रकारिता जगतको संविधानले निर्दिष्ट गरेको अधिकार हो । तर, सूचना माग्न जाँदा उल्टो आक्रमणमा पर्नुपर्ने अवस्था आएको छ । यो घटनाको जति नै भ्रत्र्सना गरेपनि त्यो कम हुन्छ । ममाथि सुनियोजित रुपमा आक्रमण गर्ने सुरक्षा गार्ड छिविलाल शर्मा र आक्रमण गर्न निर्देशन दिने प्रधानाध्यापक नेत्रलाल पुरीमाथि कारवाही गर्न सम्वन्धित निकायसंग जोडदार माग गर्दछु । यो घटना प्रेस स्वतन्त्रतामाथिको सुनियोजित आक्रमण हो । विद्यार्थीलाई असल आचरण सिकाउने भूमिकामा रहेका प्रधानाध्यापक पुरीले आफ्नो जिम्मेवारी, पदीय आचरण र कर्तब्य समेत बिर्सेर राज्यको चौथो अंग पत्रकारिता जगतको मानमर्दन गर्ने गरि संचारकर्मीमाथि आक्रमण गर्नु अपराधजन्य घटना हो । म सोमबार साँझ नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गरि अहिले घरमा आराम गरिरहेको छु । दोषीमाथि कारवाहीका लागि इलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीमा जाहेरी दिएको छु । विद्यालयको बिषयमा आवश्यक सूचना दिनुको साटो तथा नाम गालीगलौज गर्ने र पत्रकारिता क्षेत्रको मानमर्दन गर्नेगरी आक्रमणमा उत्रिनु प्रेस स्वतन्त्रतामाथिको गंभीर आक्रमण हो भन्ने मेरो भनाई छ । अतः घटनामा संलग्न उपर हदैसम्मको कारवाही होस् । “

    बिद्यालयको तर्फबाट भने कुनै समाचार आएको छैन ।