२८ असार,रुपन्देही । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने घोषणा गर्न रोष्ट्रममा पुगेका गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने बोल्दाबोल्दै कांग्रेस सांसद रामहरि खतिवडाले नियमापत्ति गरे । खतिवडाले नियमापत्ति प्रति तुरुन्तै प्रतिवाद गर्दै सत्तामा आउन नपाउँदै आफ्नो पारा देखाउन थालिहालेको भन्दै लामिछानेले खतिवडातर्फ कटाक्ष गरेका उनले बिहानीले दिनको संकेत गर्छ याे सुरुवात गरेको हाे भन्दै एक मिनेटमै भाषण टुंग्याएका हुन् ।
शुक्रबार लामिछानेले संसदमा बोल्ने क्रममा कांग्रेस र एमालेमाथि प्रश्न उठाउँदै सरकारमार्फत् सुशासनको पक्षमा काम गर्दागर्दै छाड्नुपरेको भनाई राख्दै थिए । त्यस क्रममा उनले गृहसहित रास्वपाले सम्हालेका मन्त्रालयहरुको चार महिने प्रगति विवरण पनि पेश गर्न थाले । कांग्रेस सांसद खतिवडाले विश्वासको मतसम्बन्धी बहसबाट विषयान्तर किन भएको भनी तलबाट प्रश्न उठाए । सभामुखको आसनमा रहेकी उपसभामुख इन्दिरा रानाले प्रष्ट गरिन्, ‘माननीय लामिछानेलाई गृहमन्त्री तथा रास्वपा सभापतिकै हैसियतमा बोल्न दिइएको हो ।’ त्यसपछि उनले लामिछानेलाई भनिन्,‘आफ्नो भनाई संक्षिप्तमा राख्न अनुरोध छ ।’ तर एक लामिछानेले मिनेटमै भाषण टुंग्याए ।