News Portal

  • सदियौं पुरानो सभ्यतागत, साँस्कृतिक र जन-भातृत्वलाइ सस्थागत गर्न भारतीय विदेश सचिवकाे नेपाल भ्रमण

    जनादेश संवाददाता२०८१ श्रावण २७
    ३ पटक

    २७ साउन, रुपन्देही। भारतीय विदेश सचिव विक्रम मिश्री दुई दिने भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा मिश्री नेपाल आउन लागेका हुन् ।दुई देशबीच सदियौं पुरानो सभ्यतागत, साँस्कृतिक र जनता-जनताबीचको सम्बन्ध रहेको भन्दै मन्त्रालयले द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन विदेश सचिवको भ्रमण अवसर हुने पनि जनाएको छ ।

    नेपाल भ्रमणका क्रममा उनले नेपाल-भारतको सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेश सचिव मिश्री २८ साउनमा भारत फर्किने कार्यक्रम छ ।

    भारतस्थित विदेश मन्त्रालयले मिश्रीको यो भ्रमणबाट नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको र छिमेकी पहिलो नीति’ अन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्ने जनाएको छ