News Portal

  • नेपालको संविधान सबै नेपालीको बन्न सकेन

    जनादेश संवाददाता२०८१ आश्विन ३
    १४ पटक

    आज नेपालको संविधान दिवस भब्य रुपमा मनाईयो । काठमाण्डौंको दरबारमार्गमा सरकारी आयोनामा सञ्चालित संविधान दिवस कार्यक्रममा सार्वजनीक विदाको दिन हुँदाहुँदै पनि खासै मानिसहरुको उपस्थिति देखिएन ।


    उता कालो संविधान भनि कालो झण्डा देखाउँदै प्रदर्शन गर्ने नेपाल कम्युनिष्ट पार्टी(बहुमत)को यहि कालो संवैधानिक व्यवस्था भित्रको भ्रष्टाचार विरुद्ध जनएकता अभियानको जनप्रदर्शन कार्यक्रममा भने थामि नसक्नु मास देखिएको छ ।

    त्यस्तै बुद्धछिरिङ्ग मोक्ता तथा राजेन्द्र महत्व नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीले अधुरो संविधान चाहिदैन, भ्रष्टाचारीलाई कार्वाही गर भन्दै निकालीएको जुलुसमा पनि यत्तिकै मानिसहरुको घुइचो थियो ।

    त्यसैगरि खगेन्द्र सुनारको दलित आन्दोलन र राजावादीहरुको आन्दोलनमा उर्लिएको जनसागरले त देशको व्यवस्थालाई तरंगीत बनाएको छ ।