जनादेश संवाददाता२०८१ असार २६
२५ असार,रुपन्देही । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले माओवादीले यसअघि कांग्रेससँगको समीकरण तोडेको परिणाम अहिले देखिएको तर्क गरेका छन् । मंगलबार प्रतिनिधिसभा बोल्दै केसीले कांग्रेससँग समीकरण तोडेपछि एमालेले खेल्ने ठाउँ पाएको र अहिलेको अवस्था आएको बताएका हुन् ।
उनले अहिलेका प्रधानमन्त्रीलाई पाँच वर्षका लागि सत्ता र शक्तिमा राख्न एमालेले सहकार्य नगरेको भन्दै प्रचण्डले सत्ताको खेल बुझ्न नसकेको जिकिर गरे । माओवादीसँगको समीकरणपछि एमालेले मन्त्रिमण्डलमा पठाएका व्यक्ति हेर्दा समीकरण लामो समय नजाने आंकलन सबैले त्यसै बेला गरेको उनको भनाइ छ ।
केसीले अहिले कांग्रेस-एमालेबीचको सहमतिपछि प्रचण्डको हातबाट सत्ता फुत्किसकेको टिप्पणी गर्दै अब हुनेवाला केही नभएको जिकिर गरे ।