९ साउन,रुपन्देही। सरकारले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि, बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ भने विमानहरुको अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ ।
बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने पाइलट गम्भीर घाइते भएका छन् । त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले कम्तीमा १८ जनाको शव निकालेका छन् । उद्धार कार्यमा संलग्न एक प्रहरी अधिकारीका अनुसार यो संख्या अझै बढ्न सक्छ । विमानका चालक एम आर शाक्यको उद्धार गरिएको छ । उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।