News Portal

  • सर्वोच्चको आदेशसँगै रबिन्द्र मिश्र थुनामुक्त

    जनादेश संवाददाता२०८२ जेठ ४
    २३२ पटक

     

    काठमाडौं, २ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त भएका छन् ।

    नेता मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै आज सर्वोच्चले सो आदेश दिएको हो । यससँगै मिश्र हिरासत मुक्त भएका हुन ।

    न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइ भएको थियो ।

    उनी गत चैत १५ गते भएको राजावादीहरूको हिंसात्मक प्रदर्शन पछि उनलाइ पक्राउ गरिएको थियो ।