News Portal

  • सर्वोच्चले दियाे आदेश : फौजदारी अभियोग लाग्दैमा पेन्सन रोक्न नमिल्ने

    जनादेश संवाददाता२०८१ असार २०
    १० पटक

    १९ असार, रूपन्देही । सर्वोच्च अदालतले कर्मचारीलाई फौजदारी अभियोग लागेकै कारण उसको पेन्सन रोक्का गर्न नमिल्ने फैसला गरेको छ । हिमालय भक्त प्रधानांगले दायर गरेको रिटमा फैसला गर्दै बैंकिङ कसुरको मुद्दा दायर भएकै कारण पेन्सन दिन मिल्दैन भनि नरोक्न समेत सर्वोच्चले भनेको छ ।

    उनले बैंकिङ कसुर मुद्दा दायर गरेकै आधारमा  आफ्नो पेन्सन रोकिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । उनीविरुद्धको रिट सर्वोच्चमा विचाराधीन रहेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश महेश शर्मा पौडेलको इजलासले कुनै अभियोग लागेका कारण व्यक्तिको पेन्सन रोक्का राख्न नहुने व्याख्या गरेको हो ।

     निवृत्तिभरण कोष ऐनले नै अवकाश पाउने कर्मचारीको पेन्सनलाई अनतिक्रम्य र हरण गर्न नमिल्ने व्यवस्था गरेको भन्दै सर्वोच्चले त्यसलाई अधिकारको रूपमा नै व्याख्या गर्नुपर्ने औँल्याएको हो । पेन्सन रोक्दा अवकाशप्राप्त कर्मचारीको जीवनयापन, उपचार खर्च लगायतका आधारभूत काम प्रभावित हुने भन्दै भुक्तानी गर्न आदेश दिएको छ ।