९ साउन , रुपन्देही । सर्वोच्च अदालतले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएपनि नियुक्ति नपाएर डीआईजीबाटै अवकाश भएका पोषराज पोखरेलको रिट दर्ता गर्न आदेश गरेको छ ।
मंगलबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले यसअघि सर्वोच्च प्रशासनबाट भएको दरपिठ आदेशलाई बदर गर्दै निवेदन दर्ता गर्न आदेश गरेको हो । सर्वोच्चको एकल इजलासको यो आदेशसँगै पोखरेलको माग अव न्यायिक परीक्षण हुने भएको छ।
नले बुधवार नयाँ रिट पेस गर्दै दर्ता गराउने छन् अनि सर्वोच्चको एकल इजलासमा सुनुवाइ हुने छ। आफ्नो नाम सिफारिस भएको तर नियुक्ति नदिने कार्य गैर कानुनी भएको र आफूमाथि अन्याय भएको भन्दै उनले रिट दायर गरेका थिए ।
उनले रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय,गृह मन्त्रालय लगायतलाई विपक्षी बनाएर रिट पेस गरेका थिए । तर सर्वोच्च प्रशासनले उनको अवकाश भइसकेकाले सुनुवाइ गर्न जरुरी नहुने भन्दै दरपिठ(दर्ता गर्न अस्वीकार) गरेको थियो । त्यस विरुद्ध पोखरेलले इजलासमा निवेदन दिएका थिए ।