भूमि बहुउद्देश्यीय सहकारी संस्थाको तेश्रो बार्षिक साधारण सभा भब्य रुपमा सम्पन्न भएको छ । काठ्माडौंको विजुली बजार स्थित क्रिष्टल पार्टी प्यालेसमा सम्पन्न सो कार्यक्रमका संचालक रामबहादुर तिरुवाले कार्यक्रम संचालनका क्रममा एक नेपाली विज्ञ प्राविधिक संग सोध्दा राम्रो देशको टिआर सम्म मात्र पनि माए देश छोडेर उतै जाने बताएको कुरा दुःखका साथ व्यक्त गरेका छन् ।
त्यसैगरि कार्यक्रमलाई सम्बोधन गर्दै सहकारी विशेषज्ञ सचिन भट्टराईले सहकारीहरु सहकारीको मूल्य मान्यता भन्दा वाहिर गएको हुनाले मात्र असफल भएका हुुन् । तथापी सहकारी अवधारणालाई हुवहु आवलम्बन गरे सहकारी मात्र नभई समाज र देश नै सम्बृद्ध हुने कुरा माथि प्रकाश पारेका छन् । कार्यक्रमका प्रमुख अथिति तथा जडिबुट तथा सहकारी विभागका केन्द्री अध्यक्ष ईश्वरी प्रसाद पाण्डेले सहकारी वित्तिय संस्था मात्र नभई समाजिक संस्था पनि भएको कुरा उल्लेख गरेका छन् ।
सहकारीका संस्थापक अध्यक्ष अमर परियारले सहकारीको इतिहास माथि नै प्रश्न चिन्ह खडा गरिदिएका छन् । उनका अनुसार नेपाल एकीकरणको कुरा गर्दा, सबैभन्दा अगाडि आउने र सबैका मुखमा झुण्डिने नाम हो–विशे नगर्ची । विशे नगर्ची गोरखा दरबारमा राजा नरभूपाल शाहकै पालादेखि नगरा बजाउने काम गर्दथे । यद्यपि उनका सन्ततिहरूलाई गोरखा जाँदा भेट्न सकिन्छ ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरणको कार्य सुरु गर्नु अघि उनलाई विशे नगर्चीले नै १२ हजार गोरखालीबाट एक एक रूपैयाँ उठाउँदा १२ हजार रूपैयाँ संकलन हुने र त्यो पैसाले पर्याप्त मात्रामा हातहतियार किन्न सकिने उपाय सुझाएका थिए ।
सन् १८४३ मा वेलायतको चार्टिस्ट हलमा २७ पुरुष र १ महिला भेला भई एक÷एक पाउण्ड सेयर उठाएर सहकारिताको कार्यगत थालनी गरेका हुन् । सन् १८४४ मा यसै समूहबाट संस्थामार्फत् उपभोक्ता भण्डारको सुरुवात भयो ।
यसैबाट सहकारिताको इतिहास आरम्भ भएको हो । विश्वको सहकारी आन्दोलनको इतिहासमा यो समूह रोचडेल पायनियरका नामले प्रसिद्ध छ । आज सहकारी अभियानको जननी रोचडेलर पायोनियर्सलाई मानिन्छ ।
रोचडेलर पायोनियर्सले पनि एक÷एक पाउण्ड उठाएका थिए, विशे नगर्चीले पनि पृथ्वीनारायण शाहलाई एक एक रूपैयाँ उठाउने उपाय दिएका थिए । यसरी हेर्दा सानो सानो आकारमा पुँजी जम्मा गरेर सामुहिक कार्य गर्न सकिन्छ भन्ने सिद्धान्तका सिद्धान्तकार रोचडेलर पायोनियर्स नभई विशे नगर्ची थिए भन्ने देखिन्छ ।
समयका दृष्टिले विशे नगर्ची रोचडेलर पायोनियर्स भन्दा झण्डै १ सय वर्ष अघि जन्मेका थिए । विशे नगर्चीको एक एक रूपैयाँको नीतिलाई राज्यले अँगीकार गरेको भए, सहकारी सिद्धान्तको संस्थापक र अभ्यासकर्ता देश नेपाल हुन्थ्यो । सिद्धान्तकार रोचडेलर पायोनियर्स नभई विशे नगर्ची हुन्थे ।
कार्यक्रमको अन्त्यमा सहकारीलाई विभिन्न क्षेत्रबाट टेवा पुर्याउने महानुभावहरुलाई संस्थाका अध्यक्ष तथा सहकारी विभागका केन्द्रीय अध्यक्षद्धारा सम्मान पत्र वितरण गरिएको छ ।