![](https://janaadesh.com.np/wp-content/uploads/2024/11/dis-home-250.250-DH-2.gif)
![](https://janaadesh.com.np/wp-content/uploads/2024/11/samridhi-jewellers.gif)
![](https://janaadesh.com.np/wp-content/uploads/2024/11/laxmi.gif)
१९ असार , रूपन्देही । सरकारले नुनको मूल्यमा भारी वृद्धि गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले किलोमा छ रुपैयाँले नुनको मूल्य बढाएको हो । साल्ट ट्रेडिङ कर्पोरेसनको मंगलबार बसेको सञ्चालक समितिको बैठकले नुनको भाउ बढाउने निर्णय गरेको हो । बैठकले नुनको मूल्यवृद्धि गर्ने निर्णय गरेको नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले बताए । बढेको मूल्य आजै मध्यरातिदेखि लागू हुनेछ ।
न्यु शक्ति नुनको उपभोक्ता मूल्य प्रतिकिलो २० रुपैयाँमा पुगेको छ । यसअघि न्यु शक्ति नुनको उपभोक्ता मूल्य १६ रुपैयाँ थियो । आयो नुन र न्यू शक्तिको थोक मूल्य भने क्रमशः २३ र १७ रुपैयाँ रहेको छ । अर्थात उपभोक्ता मूल्य भन्दा थोक मूल्य ३–३ रुपैयाँ सस्तो रहेको छ
साल्ट ट्रेडिङले भानु नुनको मूल्य भने यथावत् राखेको छ । साल्ट ट्रेडिङ भानु नुन प्रतिकिलो ९ रुपैयाँमै उपभोक्तालाई उपलब्ध गराउने भएको हो ।
![](https://janaadesh.com.np/wp-content/uploads/2024/11/machapurche-bank.gif)
![](https://janaadesh.com.np/wp-content/uploads/2024/11/Global-250x250-Online-Khabar1.png)