१० असार ,रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आइतबार भैरहवामा आयोजित नगर सभाको १६ औं अधिवेशनमा नगरप्रमुख इश्तियाक अहमद खाँले नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको हो भने उपप्रमुख उमा अधिकारीले बजेट सार्वजनिक गर्नु भएको हो ।
नगरपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास, लक्षित वर्गको उत्थानमा विशेष जोड दिँदै नीति तथा कार्यक्रम र बजेट ल्याएको छ ।
आगामी आर्थिक वर्ष २०८१/०८२ मा संघ र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण, सशर्त अनुदान, राजस्व बाँडफाँट, समपूरक अनुदान, विशेष अनुदान, दातृ निकायबाट प्राप्त रकम, राजस्व बाँडफाँडबाट प्राप्त हुने रकम, आन्तरिक आयबाट समेतबाट गरी रु.१ अर्ब ४ करोड २५ लाख ५४ हजार बराबरको बजेट ल्याइएको सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले बताउनु भएको छ ।