News Portal

  • सिद्धार्थनगर नगरपालिमा आँखा शिविर सम्पन्न

    जनादेश संवाददाता२०८१ असार १
    १० पटक

    रमा पन्थी/रुपन्देही / आज  सिद्धार्थनगर नगरपालिका  ९ स्थित भानु माध्यमिक बिद्यालयमा    आँखा    शिविर    सम्पन्न भएको  छ । शिविर    बिहान ९ बजेदेखि दिउँसो ३ बजे सम्म चलेको हो ।  उक्त  शिविरमा करिब ३०० जनाको चेक  जाँच हुन सक्ने कुरा चेक  जाँचमा सम्लग्न नर्सहरुले बताउनु भयो । अत्याधिक गर्मिका कारण सोचे जति  आँखाका   बिरामी आउन नसकेको कुरा पनि उहाँहरुले बताउनु भयो।

    सिद्धार्थनगर नगरपालिकाको आर्थिक सहयोगमा स्थानीय सिद्धार्थ नगरपालिका वडा न ९ मा थियो भने शिविरको आयोजना नेपाल नेत्रज्योति   संघ रुपन्देही साखा , लुम्बिनी नेत्र विज्ञान अध्ययन स‍स्थान तथा रिसर्च  सेन्टर , श्री रणअम्बिका आँखा अस्पताल शिध्दार्थनगर नगर पालिका  ३ रुपन्देहीको संयुक्त आयोजना मा सम्पन्न भएको हो । सिद्धार्थनगर नगरपालिका   १० वटा वडामा नै आँखा शिविर सञ्चालन गरि सबैलाई सहभागिता गराइ  आँखा रोगी कोहि पनि नहोस् भन्ने  उद्देश्यले    रणअम्बिका  आँखा अस्पताल भैरहवा र सम्बन्धित वडाको सहकार्यमा आँखा शिबिर सञ्चालन हुँदै  आएको छ । शिविरमा  मोतिबिन्दुका बिरामीहरुको निशुल्क  शल्यक्रिया गरिने भएको छ ।