रमा पन्थी
२५ साउन, रुपन्देही । शिक्षा क्षेत्रसँगै सामाजिक क्षेत्रमा पनि क्रियाशील मीना पन्थीले “जनादेश अनलाइनका” समाचारदाता रमा पन्थी सङ्ग कुरागर्दै ‘अहिलेको जमानामा हामी सीपसँग जोडिएनौ भने अगाडि बढ्न सक्दैनौ , त्यसैले सीपलाई प्रविधिसँग जोड्नुपर्छ ‘ भनेकी हुन् ।उनले आफु पनि यहि उदेश्यले नै नर्सिङ्ग क्याम्पस मा जाेडिएकाे बताइन् ।
पन्थी अहिले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा रहेकाे ॐ साई नर्सिङ्ग क्याम्पसको अध्यक्ष छिन् । ॐ साई नर्सिङ्ग क्याम्पस प्रथम वर्षमा नै ४० जना विद्यार्थीमा ४० जना अर्थात शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल क्याम्पस हाे ।
पन्थी भन्छिन् “पहिला हामीले ब्यबहारिक शिक्षा दिन सकेनौ । प्राविधिक शिक्षा आजको आवश्यकता छ । अहिलेको जमानामा हामी सीपसँग जोडिएनौ भने अगाडि बढ्न सक्दैनौ । त्यसैले सीपलाई प्रविधिसँग जोड्नुपर्छ । अहिले प्राविधिक शिक्षा त्यसमा पनि नर्सिङ्ग र फार्मेसीमा क्रेज बढ्दो छ । नर्सिङ्ग पढेपछि स्वदेश, विदेश सबै ठाउँमा अवसर छ । नेपालमा नर्सिङ्गलाई हेर्ने दृष्टिकोण अली फरक छ । स्वदेशमै रोजगारीको अवसर पाए पनि यहाँ न्यून पारिश्रमिक दिइन्छ । विदेश जाँदा धेरै पारिश्रमिक पाइन्छ भनेर विदेश जानेको संख्या बढ्दो छ ।”
क्याम्पसले राम्रो गुणस्तर कायम गरेको छ । रुपन्देही, रोल्पा, दाङ अर्घाखाँची ,गुल्मी लगायत विभिन्न जिल्लाका विद्यार्थीहरु यो क्याम्पसमा अध्ययन गर्छन् । क्याम्पस स्थापना गर्न विशेष गरी मैले नै पहल गरेकि हुँ भन्ने उनले ॐ साई नर्सिङ्ग क्याम्पसलाई नेपालकै टप नर्सिङ्ग क्याम्पसको रुपमा चिनाउने विस्वासमा लागिपरेकाे देखिन्छ । होस्टेलमा राखेपछि विद्यार्थीहरुलाई अनुशासित राख्न धेरै सहज हुने हुँदा सबै विद्यार्थीहरु होस्टेलमा बस्छन् । होस्टेल अनिवार्य गरेकाे छ। ३ वर्षको पढाइ खर्च ४ लाख ७५ हजार रुपैयाँ लाग्छ । ११ वर्षदेखि यो शुल्क यथावत छ । बढेको छैन । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा २ जीपीए ल्याउने विद्यार्थीले पी.सी.एल. नर्सिङ्ग पढ्न सक्छन् ।