जनादेश संवाददाता२०८१ श्रावण २१
२१ साउन, रुपन्देही । सेयर बजार बढ्दै जाँदा नयाँ लगानीकर्ता पनि थपिँदै जाने गरेका छन् । सेयर बजार पछिल्लो एक महिनामा २८ प्रतिशत बढेको छ ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार पुस मसान्तसम्म १९ लाख २ हजार ४ सय ७७ ले टीएमएस खाता खोलेकोमा असार मसान्तसम्म आउँदा यो २२ लाख ५८ हजार ४ सय १० पुगेको छ ।
पछिल्लो ६ महिनामा ३३ प्रतिशत बढेको सेयर बजार निरन्तर बढ्दो क्रममा रहँदा लगानीकर्ताे संख्या पनि थपिँदै गएको तथ्यांकमा देखिन्छ । दोस्रो बजारमा सेयर किनबेच गर्न टीएमएस खाता हुनुपर्छ । यस्तो टीएमएस खाता खोल्नेको संख्या ६ महिनामै ३ लाख ५५ हजारले बढेको छ ।