News Portal

  • हाम्रो सनातन धर्ममा गुरूको महत्त्व अनुपम

    जनादेश संवाददाता२०८१ श्रावण ६
    ५ पटक

    गुरुपूर्णिमा लाई अषाढ पुर्णिमा, व्यास जयन्ती, कबीर जयन्ती भनिन्छ । पूर्वीय दर्शन अर्थात हाम्रो सनातन धर्ममा गुरूको महत्त्व अनौठो र अनुपम छ।

    आजका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गरेर गुरु पूर्णिमा मनाउने गरिन्छ ।

    संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा मनाउने गरिएको छ ।वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दू संस्कृतिलाई ठूलो योगदान दिएका छन् ।

    आसाढ शुक्ल पूर्णिमाका दिन आज गुरुहरु प्रति सम्मान गर्दै गुरुपुर्णिमा मनाइदै छ । आजको दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धा भाव प्रकट गरी मनाउने गरिन्छ। यस दिन गुरुका रूपमा ज्ञानको पूजा गर्ने गरिन्छ। गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै यस दिन देशभरि गुरु पूर्णिमा मनाउने गरिन्छ। गुरु भनेको शिक्षा दिने र मार्गदर्शन गर्ने आदर्णीय ब्यक्तित्व हो जसले असल मार्गमा डोर्याउन मद्दत गरेको हुन्छ ।