News Portal

  • अख्तियार दुरुपयोग

    जनादेश संवाददाता२०८० चैत्र २५
    १९५८ पटक

    – संघर्ष

    भेरीगंगा नगरपालिका वडा नम्बर ९ को कार्यालयले सोही वडामा बस्ने बिजि एफएमका संचालक टेकेन्द्र बस्याललाई विज्ञापन वापत दिएको भुक्तानी रु ५०,०००(पचास हजार) मध्ये सोही वडाका वडा अध्यक्ष प्रेम आग्रीले रु २४,०००(चौविस हजार) घुस लिएकोे र फेरि रु १५,०००(पन्ध्र हजार)को विज्ञापन खर्चमा रु ५०००(पाँच हजार ) स्याउ खाने मागेको कुरा खुलासा हुन आएको छ । खाईनखाई तिरेको नेपाली जनताको कर र विदेशका गल्ली गल्लीहरुमा घामपानी नभनी काम गर्ने विदेशीयका नेपाली युवाहरुको श्रमबाट आउने विप्रेशन द्धारा जम्मा भएको बजेटको मर्म विपरित जनप्रतिनिधि र सञ्चार माध्यमका संचालक द्धारा अख्तियार दुरुपयोग भएको छ । यस प्रति सम्बन्धित निकायको समयमै ध्यानाकृष्ट होस् ।