
जिल्ला अदालत सुर्खेतले मिति २०८१ साल भदौ १९ गते जिल्ला सुर्खेत विरेन्द्रनगनगरपालिका वडा नंं. ३ घर भई सोही ठाउँमा हारभेष्ट मुन सेकेन्डरी बोर्डिङ स्कुलका सञ्चालन गरि बस्ने तथा सुर्खेत बहुमुखि क्याम्पसमा जनसंख्या विषयका उपप्राध्यापक किरण भट्टराईका नाममा जारी गरेको अन्तरिम संरक्षणात्मक आदेश मितिः २०८१ भदाै २० गते जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई कार्यान्वयनको लागि पठाएको हो । उक्त आदेश प्रहरीले कार्यन्वयन के कति कारणले गरेन पिडित रमेश भट्टराईलाई हाल सम्म पनि कुनै आवश्यकिय खर्च उपलब्ध नगराएको खबर छ । यति सम्म कि उनको छोरा ३ बर्षिय प्रज्वल भट्टराईको मिति २०८१ मन्सिर १७ गते भएको कानको मेजर अप्रेशनमा पनि खर्च नदिएको गुनासो पिडितले हामीसँग गरेका छन् ।
मिति २०६२ बैसाख १ गते बुवा गणेशप्रसाद भट्टराईको सरसल्लाहमा विरेन्द्रनगर नगरपालिका वडा नं. ३ मा रहेको आफ्नै घरमा बोर्डिङ स्कूल चलाउने निर्णय भएपछि घरका सदस्यहरु किरण भट्टराई, कुशुम भट्टराई, रमेश भट्टराई र धु्रवेन्द्र भट्टराई गरि चारै भाईको नाममा साझेदारी फर्म दर्ता गर्ने भनि घरबाट सबैले हस्ताक्षर गरि पठाएकोमा उनले झुक्क्याएर अरु सबैको नाम काटी आफ्नै हस्ताक्षरमा विधान बदली एकलौटी आफ्नो नाममा दर्ता गरेका छन् ।
घरका सबै सदस्यहरु त्यसै स्कुलमा विभिन्न जिम्मेवारीमा कार्य गरिरहेका छन् तर स्कुल र भवन आफ्नै निजि भन्दै दावि गरि घरपरिवारका मान्छेहरुलाई तहसनहस बनाउन थाले पछि बुवा गणेश प्रसाद भट्टराईले मिति २०७९ कार्तिक २६ गते साईलो छोरा रमेश भट्टराईलाई स्कुलको एकाउण्टेनको जिम्मेवारीमा बसालेका रहेछन् । मिति २०७९ चैत्र २० गते विद्यालयमा गई किरण भट्टराई र उनकी श्रीमती सीता पाण्डे(भट्टराई)ले रमेश भट्टराईलाई निर्घात कुटपिट गरेपछि बुवाले उनीहरुलाई घरबाट बाहिरिन भनेपछि करिब ७ महिना भाडामा बसेका थिए ।पुन : विद्यालय समयमै मिति २०८० जेष्ट ३ गते विद्यालय प्रशासन भित्र पसि कुटपिट तथा गालीगलोज गरेका थिए । पुन : २०८० भदौ २२ गते विद्यालयमा समयमै प्रशासनमा पसि कुटपिट गालीबेइजती गरि जबरजस्ती विद्यालयमा प्रवेश गरेपछि विद्यालयको तथा घरपरिवारको गुडविल पनि विग्रीदै गएको र आफ्नो ज्युज्यानको पति सुरक्षा नभएको भन्दै रमेश भट्टराई विरेन्द्रनगर नगरपालिका वडा नं. ३ स्थित आफ्नो निजी घरमा सरेका हुन । घरपरिवारका सबै जनाले छुट्टाभिन्न हुने भनि कुरा गर्दा त्यसमा पनि किरण भट्टराई सहमत नभएको बुवा गणेशप्रसाद भट्टराई, आमा र सबै भाईहरुले अंशबण्डा गरिदिने कुरा पटक–पटक गर्दा पनि उनी सहमत नभएपछि मिति २०८१ जेठ १६ गते जिल्ला अदालत सुर्खेतमा अंशवण्डाको मुद्दा दाहेर गरिएको हो ।
आमाले भाईहरुलाई यस्तो अन्याय नगर्न आग्रह गरेपछि आमालाई निर्घात कुटपिट गरि गर्दनमा ठूलो चोट लागि स्पाईनल कर्ड क¥याक भएको एक्सरे रिपार्टमा उल्लेख छ भने पटक–पटक आमा माथि हातपात भएको कुरा श्रोतले बताएको छ ।
त्यस पछि मिति २०८१ जेठ २० गते अन्दाजी साँझको ६ बजे रमेश भट्टराईलाई एरीचोकको सेफ च्वाईस होटलमा कुरा गर्ने भनी बोलाई बोलाई करिब ४–५ गुण्डा लगाएर कुटाएको थिए ।
रमेश भट्टराई बस्ने घरमै गएर उनी नभएको बेला मिति २०८१ भदौ १६ गते गते उनको श्रीमतीलाई किरण भट्टराईले धम्काएका उल्लेख गरेका छन् ।
रमेश भट्टराईले १२ वर्ष विदेशमा बसि कमाएको पैसा र बोर्डिङ स्कुलको आजसम्मको आम्दानीको खर्चको यथेष्ट विवण नआए पछि यो विषय अझै चर्किदै गएको छ ।
अंश बण्डाको मुद्दाको प्रतिवादी लगाई भाईहरुलाई आफुले सबै गरि १ करोड ६० लाख रकम दिईसकेको र अरु सबै सम्पत्ति आफ्नै भएको दावी गरेका छन् । उनले भाइहरुलाई बुझाएको उल्लेखित रकम कुन श्रोतबाट आएको भन्ने कुरा खुलेको छैन । उनको क्याम्पसको तलव भत्ता स्वरुप आउने रकम लमसम ३५ लाख भन्दा बढी नहुने देखिन्छ ।
हाल आदालतले माग गरेको फाँटबारीमा अलच सम्पत्तिको विवरण मात्र पेश गरेको र चल सम्पत्ति आफु र आफ्नी श्रीमतिको नाममा विभिन्न बैंकमा खाता खोली राखेको पिडितले उल्लेख गरेका छन् ।
यसरी घरपरिवारलाई नै ठगी गरेर रकम कुन ठाउँमा जम्मा गरेका छन् वा लगानी भएको छ भन्ने विषयमा संबन्धित निकायबाट छानविन भइरहको छ ।