जनादेश संवाददाता२०८१ बैशाख १८
१७ वैशाख, काठमाडौं । अमेरिका पठाउने भन्दै ७८ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा म्याग्दीको मंगला गाउँपालिका–२ घर भई ललितपुर नखिपोट बस्ने ५३ वर्षीय उदिमबहादुर पुन ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सातदोबाटोबाट पक्राउ गरेको हो ।
उनले सुकमाया विकसहित तीन जनाबाट ७८ लाख रुपैयाँ ठगी गरेको खुलेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।
अमेरिका पठाउने प्रलोभन देखाएर रकम लिई ठगी गर्नुका साथै उनीविरुद्ध बैंकिङ कसुरको मुद्दा समेत रहेको खुलेको छ । २६ पुस २०७८ मा दर्ता भएको बैंकिङ कसुर मुद्दामा उनी फरार रहेको खुलेको छ ।