News Portal

  • आँप टिपेको विषयमा १७ वर्षीय आलमको टाउकोमा रड हानी हत्या

    जनादेश संवाददाता२०८१ असार २८
    २ पटक

    २७ असार,रुपन्देही ।  रौतहटको ईशनाथ नगरपालिकामा आँप टिपेको विषयमा भएको विवादमा १७ वर्षीय किशोरको हत्या गरिएको प्रहरीले खुलासा गरेको  छ। घटनालगतै प्रहरीले गरेको अनुसन्धानपछि प्राप्त प्रमाणको आधारमा  किशोरको हत्यामा संलग्न  दुई युवालाई  प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

    घटना लगतै मंगलबार राती पक्राउ परेका ४ जना मध्ये अनुसन्धान पश्चात् बुधवार दुईजना अभियुक्त १८ वर्षीय दशई साह र उनको साथी स्थानीय १९ वर्षीय रोशन साह बुधबार साँझ जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको थियो । आरोपी दुवैजना मिलेर ईशनाथ–९ लवातना गाउँका १७ वर्षीय सहबाज मियाँ आलमको टाउकोमा रड र पेटमा धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताएकी छिन्।

    आरोपी दुवैजनामाथि कर्तव्य ज्यान सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।