News Portal

  • गोरखाको पहिरोमा परि घाइते भएका दुई जनाको हेलिकप्टरमार्फत उद्धार

    जनादेश संवाददाता२०८१ श्रावण १३
    २ पटक

    १३ साउन, रुपन्देही । उत्तरी उत्तरी गोरखाको धार्चे गाउँपालिका-५ रेसेफाँटको पहिरोमा परि घाइते भएका दुई जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।धार्चे गाउँपालिका-५ रेसेफाँटको पहिरोमा परि घाइते भएका दुई जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

    कैलाश एयरको हेलिकप्टरमार्फत उनीहरुलाई उपचारका लागि काठमाडौंको शिक्षण अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रमेशकुमार श्रेष्ठले बताए ।

    पहिरोमा परि सिङ्लाका ३५ वर्षीय दिलिप गुरुङ र २७ वर्षीय छमबहादुर गुरुङ घाइते भएका थिए । उनीहरुमध्ये दिलिपको अवस्था गम्भीर रहेको बताइएको छ । पहिरोमा परि बेपत्ता भएकाहरुको भने खोजी कार्य भइरहेको डीएसपी श्रेष्ठले बताए ।‘हाम्रो टोली र स्थानीय मिलेर खोजी कार्य भइरहेको थियो,’ उनले भने, ‘अहिले नेपाली सेनाको टोलि पनि घटनास्थल पुगिसकेको छ ।’ जेसिभी प्रयोग गरेर वेपत्ताहरुको खोजि कार्य भइरहेको उनले जानकारी गराए ।