News Portal

  • सुरक्षित भनेर शरण लिएकै घरमा पहिरो खस्दा ६ जनाको मृत्यु ,९ जना घाइते

    जनादेश संवाददाता२०८१ श्रावण २३
    ५ पटक

    २३ साउन, रुपन्देही। साउन २२ गते बागलुङको बडीगाड गाउँपालिका–१० मा सुरक्षित भनेर शरण लिएकै घरमा पहिरो खस्दा ६ जनाको मृत्यु भएको छ, ४ जना बेपत्ता भएका छन् । पहिरोमा परेर ९ जना घाइते भएका छन् ।

    पहिरो खस्दा घरधनी ७८ वर्षका जोगबहादुर बुढा, उनकी नातिनी ७ वर्षकी मालती बुढा, ८ वर्षीय अमन बुढा, ११ वर्षीया सीता पुन, ७० वर्षीया मोतीदेवी कामी, ६ महिनाकी सीता विकको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांग बरालले जानकारी दिए ।