News Portal

  • चुनावी र्‍यालीमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

    जनादेश संवाददाता२०८१ असार ३१
    ३ पटक

    वासिङ्टन डीसी । शनिबार साँझ पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पलाई गोली हानेर मार्ने प्रयास भएको छ। अमेरिकाको पेन्सेल्भनियामा शनिबार आयोजित चुनावी र्‍यालीमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहारको घटनालाई अमेरिकाको सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई)ले हत्याको प्रयास भनेको छ । शनिबार साँझ पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पलाई गोली हानेर मार्ने प्रयास भएको पत्रकार सम्मेलनमा एफबीआई फिल्ड अफिसर केभिन रोजेकले भनेका छन् । 

    यो जघन्य अपराध भएको उनको भनाई छ । घटनाबारे घटनास्थलमा एफबीआईका कयौँ एजेन्टहरूले छानबिन गरिरहेकोमा पनि उनले जोड दिएका छन् ।  ट्रम्पमाथि गोली प्रहारको घटनामा एक जनाको मृत्यु भएको थियो भने अरू दुई जना गम्भीर घाइते भएका थिए ।

    गोली प्रहार गर्ने व्यक्तिको पहिचान पेन्सेल्भनियाका २० वर्षीय पुरुषको रूपमा भएको भएपनि उनको पहिचान र गोली प्रहारको उद्देश्य अहिलेसम्म स्पष्ट हुन नसकेको बताइएको छ । सन्दिग्धले ट्रम्पलाई मार्ने प्रयासमा गोली चलाएका थिए । गोली प्रहार हुँदा ट्रम्पले भर्खरै आफ्नो भाषण सुरु गरेका थिए । 

    गोली लागेपछि अस्पताल पुर्‍याइएकालाई उनलाइ अस्पतालबाट डिस्चार्ज गरिएको छ । नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचन शुरु हुन ४ महिना भन्दा कम समय बाँकी रहँदा यो घटना भएको हो । यस घटनाको बनाइडेले पनि निकै आलोचना गरेका छन् ।

    ट्रम्पले आफैँले खोलेको सामाजिक सञ्जाल ट्रूथमा एउटा सन्देश लेख्दै आफू सकुशल रहेको र स्थानीय स्वास्थ्य संस्थाले आफ्नो उपचार गरिरहेको जनाएका छन्। उनले प्रवर्तनलाई धन्यवाद दिनुको साथै मारिएका वा घाइते भएका सहभागीहरूका लागि शोक र समवेदना व्यक्त गरेका छन् । 

    एजेन्सिकाे सहयाेगमा