२९असार,रुपन्देही । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिराले त्रिशूलीमा बस खस्दा बाच्न सफल भएका तीनजनाको भरतपुरमा उपचार भइरहेको छ ।
दुर्घटनापछि त्रिशूलीमा पौडिएर बाँचेकामध्ये एकजनाको भरतपुर अस्पतालमा र दुईको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनिहरू बिहीबार साँझ ७:३० बजे काठमाडौंबाट रौतहट गौरका लागि छुटेको गणपति डिलक्स बसमा सवार थिए ।
तीमध्ये रौतहटका नन्दन यादवले बसको सिसा फुट्दा झ्यालबाट निस्किएर बाँच्न सफल भएको बताए ।हामी गाडीबाट कसरी बाहिर निस्कियौँ भन्ने थाहा छैन, एकैपटक पानीमा झरेपछि मात्रै थाहा पायौँ’, उनले थपे, ‘बस पानीमा धेरैमुनि पुगेको थियो । हामी झ्यालबाट खसेपछि पौडी खेल्दै किनारमा आएर बाँच्न सफल भयौँ ।
‘बसमा हामी ३० देखि ३५ जना थियौँ । त्यसमध्ये तीनजना त्रिशूलीमा खसेको बसको सिसा पुटेपछि बाहिर निक्सियौँ, पौडिएर बाँच्न सफल भयौँ’, उनले जीवन र मृत्युबीचको त्यो समयको बृत्तान्त सुनाए । खाना खाएर बस चढेको एक घण्टापछि दुर्घटना भएको उनले सुनाए ।
नन्दन दास (दायाँ) र जुगेसा राय यादव (बायाँ)।
‘हामी गाडीबाट कसरी बाहिर निस्कियौँ भन्ने थाहा छैन, एकैपटक पानीमा झरेपछि मात्रै थाहा पायौँ’, उनले थपे, ‘बस पानीमा धेरैमुनि पुगेको थियो । हामी झ्यालबाट खसेपछि पौडी खेल्दै किनारमा आएर बाँच्न सफल भयौँ ।
‘बस चलिरहेको थियो। म आफ्नै सुरमा थिएँ। एक्कासि बस भिरतिर खस्यो। बस पल्टिँदै नदीमा पुगेछ। मलाई पानीले झ्यालबाट फालिदियो,’ ३१ वर्षीय नन्दन दासले भने, ‘ठूलो पानी परिरहेको थियो। म पौडी खेलिरहेको थिएँ तर कहाँ जाँदैछु थाहा थिएन। भगवानको नाम लिँदै पौडी खेलेको थिएँ। मरिन्छ कि भन्ने लागेको थियो। धन्न भगवानले बचाए।’