जनादेश संवाददाता२०८१ श्रावण २०
२० साउन ,रुपन्देही। काठमाडौँ । दक्षिणकाली नगरपालिका-१ चाल्नाखेल भैंसी बजारस्थित सडकमा भएको दुर्घटनामा दुई जना महिलाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।
चाल्नाखेलबाट भैंसीबजारतर्फ जाँदै गरेको बा.१८ च ५३४४ नम्बरको डिआई गाडी शुक्रबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार दोलखा गौरीशंकर गाउँपालिका घर भएकी ३५ वर्षीया निर्माला तामाङ र ३२ वर्षीया श्रीमाया तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।