जनादेश संवाददाता२०८१ बैशाख १८
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र शन्तबहादुर नेपाली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मशाल विच एकता यहि बैशाख १७ र १८ गते गरि सम्पन्न भएको छ ।
एकता भेला क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यालय सदस्य सिपि गजुरेलको अध्यक्षतामा सम्पन्न भएको हो । एकताबाट पार्टीको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कायम भएको छ ।
महाधिवेशनको तयारी गर्नका लागि पार्टीको प्रमुख नेतृत्व मोहन वैद्य महाधिवेशन आयोजक समितिका संयोजक बनेका छन् भने सहसंयोजकमा शन्तबहादुर नेपाली र धर्मेन्द्र बास्तोला चयन भएको समाचार छ ।