News Portal

  • बिकृत वित्त

    जनादेश संवाददाता२०८० चैत्र २१
    ३० पटक

    गुणराज लोहनी

    नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारको मुख्य ढोकासँग जोडिएर माछापुच्छ्रे बैंकको एटिएम राखिएको छ । ठीक यसैगरी सिंहदरबार भित्र रहेको संसदीय सचिवालयको अगाडि ढोकामा नै एभरेष्ट बैंकको एटिएम छ । यी दुईवटा दृष्टान्तले नेपालको वित्तीय व्यवस्था कस्तो छ भन्ने जानकारी दिन्छ । यस्ता निजी बैंकहरुको हातमा नेपालको वित्त रहेको कुरालाई स्पष्ट पार्दछ । त्यसैले गत केही महिनामा नेपालका ‘क’ बर्गका २८ वाणिज्य बैंकले गत आर्थिक बर्षमा नाफा उच्च वृद्धि गरेका छन् । एक दुई वटा बैंक वाहेक अधिकाशंको नाफा उचालिएको छ ।
    केही बैंकले गत आवको तुलनामा दोब्वर नाफा गरेका छन् । नविल बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्ब माथि पुगेको छ । गत आवमा कुमारी बैंकबाहेक सबै वाणिज्य बैंकको नाफा बढेको हो ।
    गत आवमा नबिल बैंकले २८ दशमलव ४२ प्रतिशत नाफा बढाएको छ । बैंकले ३ अर्ब ६२ करोड ८ लाख रुपैयाँ कमाएको हो । अघिल्लो आवमा नविलले २ अर्ब ८१ करोड ९३ लाख रुपैयाँ कमाएको थियो । यस्तै, नेपाल बैंक गत आर्थिक वर्षमा ३ अर्ब २१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा ११.६७ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो वर्ष नेपाल बैंकले २ अर्ब ८८ करोड नाफा कमाएको थियो ।
    नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षमा ३ अर्ब १६ करोड ६९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा २३.८८ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब ५५ करोड आठ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको थियो । राष्ट्रिय वाणिज्य बैंक गत आर्थिक वर्षमा ३ अर्ब ८ करोड २६ लाख ६० हजार रुपैंया खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ३०.९१ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ३५ करोड ५२ लाख ८८ हजार रुपैंया खुद नाफा गरेको थियो ।
    कृषि विकास बैंकले गत आर्थिक वर्षमा दुई अर्ब ७७ करोड ६७ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा १२ दशमलव ६५ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा कृषि विकास बैंकले दुई अर्ब ४६ करोड ४६ लाख रुपैयाँ मुनाफा कमाएको थियो । यस्तै, हिमालयन बैंकले गत आर्थिक वर्षमा दुई अर्ब १७ करोड ६४ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा १२ दशमलव ४५ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षमा जनताले एक अर्ब ९३ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
    ग्लोबल आईएमई बैंकले पनि गत आवमा २ अर्ब माथि नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै ७० अर्ब बढी नाफा कमाएको हो । एभरेष्ट बैंकले गत आवमा १ अर्ब ९८ करोड १६ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक बर्षको तुलनामा १४ दशमलव ५० प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा एभरेष्टले एक अर्ब ७३ करोड दुई लाख रुपैयाँ नाफा कमाएको थियो । प्रभु बैंकले पनि गत आर्थिक वर्षमा एक अर्ब ७५ करोड १५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले
    अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५३ दशमलव २७ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो वर्ष बैंकले एक अर्ब १४ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
    नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षमा एक अर्व अघिल्लो आर्थिक वर्षमा एक अर्ब ३३ करोड रुपैयाँ नाफा गरेको बैंकले गत आर्थिक वर्षमा १९ करोड रुपैयाँ बढी नाफा कमाएको हो । एनएमबि बैंकले गत आर्थिक वर्षमा डेढ अर्बभन्दा बढी मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ३५ दशमलव ५४ प्रतिशत प्रगति हासिल गर्दै एक अर्ब ५१ करोड १३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षमा एनएमबिले एक अर्ब ११ करोड ५० लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
    प्राइम कमर्सियलले पनि गत आर्थिक वर्षमा एक अर्ब ४८ करोड २८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको तुलनामा ३२ दशमलव ९१ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा प्राइमले एक अर्ब ११ करोड ५७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । एनआईसी एसियाले गत आर्थिक वर्षमा एक अर्ब ४६ करोड ९६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ३८ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा एनआईसी एसियाले एक अर्ब छ करोड ६९ लाख रुपैयाँ नाफा गरेको थियो । सिद्धार्थ बैंकले गत आर्थिक वर्षमा एक अर्ब ४१ करोड ८० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको तुलनामा १२ दशमलव ९९ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो वर्षमा सिद्धार्थले एक अर्ब २५ करोड ४९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
    स्टाण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षमा एक अर्ब ३८ करोड १९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा जम्मा ६.९२ प्रतिशत अर्था आठ करोड ९४ लाख रुपैयाँमात्रै बढी नाफा कमाएको हो । नेपाल क्रेडिट एण्ड कर्मश बैंकले गत आर्थिक वर्षमा एक अर्ब ३२ करोड ५८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ८७ दशमलव ३० प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा एनसीसीले ७० करोड ७८ लाख रुपैयाँ नाफा कमाएको हो ।
    माछापुच्छे« बैंकले गत आर्थिक वर्षमा एक अर्ब ३० करोड १० लाख रुपैयाँ मुनाफा कमाएको छ । अघिल्लो वर्ष ८९ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा गरेको बैंकले यसपाली मुनाफामा ४४ दशमलव ८७ प्रतिशत प्रगति गरेको हो । सानिमा बैंकले गत आवमा १ अर्ब ३० करोड एक लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्ष ९९ करोड ६० लाख रुपैयाँ कमाएको सानिमाले खुद मुनाफामा गत वर्ष ३० दशमलव ५३ प्रतिशत प्रगति हासिल गरेको हो ।
    बैंक अफ काठमाण्डू लिमिटेडले गत आर्थिक वर्षमा एक अर्ब २३ करोड ९० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा मुनाफामा छलाङ मार्दै अर्वपति क्लबमा प्रवेश गरेको हो। अघिल्लो आर्थिक वर्षमा ६५ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको थियो । सिटिजन्स बैंक लिमिटेडले गत आर्थिक वर्षमा एक अर्ब २१ करोड एक लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा १२ दशमलव ०१ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले एक अर्ब आठ करोड तीन लाख रुपैयाँ कमाएको थियो ।
    नेपाल बङ्गलादेश बैंक लिमिटेडले गत आर्थिक वर्षमा एक अर्ब २० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा शुन्य दशमलव १६ प्रतिशत मात्रै बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा नेपाल बंगलादेश बैंक एक अर्ब १९ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
    सनराइज बैंकले गत आर्थिक वर्षमा एक अर्ब १६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा ९५ करोड १३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको बैंकले २२ दशमलव ८१ प्रतिशत प्रगति गर्दै खुद मुनाफा एक अर्ब नघाएको हो ।
    लक्ष्मी बैंकले गत आर्थिक वर्षमा एक अर्ब २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ४८ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो वर्षमा लक्ष्मीले ६७ करोड ७१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । मेगा बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्षमा ७९ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा ५५ करोड १० लाख रुपैयाँ कमाएको मेगाले खुद मुनाफामा ४३ दशमलव ५५ प्रतिशतले वृद्धि गरेको हो ।
    कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षमा ७० करोड तीन लाख ७४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २.१९ प्रतिशतले घटेको हो । अघिल्लो वर्ष कुमारीले ७१ करोड ६० लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
    जनता बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्षमा खुद मुनाफामा ३ सय ८१ दशमलव ९५ प्रतिशत वृद्धि गरेको छ। अघिल्लो आर्थिक वर्षमा १३ करोड ३६ लाख रुपैयाँ मात्रै खुद मुनाफा आर्जन गरेको जनताले गत आर्थिक वर्षमा ६४ करोड १८ लाख रुपैयाँ नाफा गरेको हो । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षमा ४४ करोड ७४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा आठ दशमलव २१ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा ४१ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको थियो । सिभिल बैंकले गत आर्थिक वर्षमा ३३ करोड ८१ लाख १४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २ प्रतिशत बढी हो । अघिल्लो आवमा सिभिलले ३३ करोड १४ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
    चालु आर्थिक वर्ष (आव) को ८ महिनामा बैंक तथा वित्तीय संस्थाको कुल नाफा ५३ अर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको २०७९ फागुन मसान्तसम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको कुल नाफा ५३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । ४ खर्ब २४ अर्ब ८२ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजीसहित ६ खर्ब ७२ अर्ब ५६ करोड रुपैयाँ पूँजीकोष रहेका बैंकहरुले ८ महिनाको उक्त मुनाफा आर्जन गरेका हुन् । फागुन मसान्तसम्म बैंकहरुले ५६ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४८ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । फागुन मसान्तमसम्म वाणिज्य बैंकहरुले मात्रै ४८ अर्ब ८३ करोड रुपैयाँ नाफा कमाएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । फागुन मसान्तमा वाणिज्य बैंकहरुको ३ खर्ब ६८ अर्ब ५९ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी र कुल पूँजीकोष ६ खर्ब १ अर्ब २१ करोड ९० लाख रुपैयाँ पुगेको छ । वाणिज्य बैंकहरुले ४७ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी ४३ खर्ब १ अर्ब कर्जा लगानी गरेका छन् ।
    वाणिज्य बैंकमा नाफाको आधारमा नबिल बैंक अगाडि देखिएको छ । गत असार अन्तिम साता नेपाल बंगालादेश बैंक८लाई गाभेको नबिल बैंकको नाफा ५ अर्ब माथि पुग्दा ग्लोबल आईएमई बैंक र एनआईसी एशिया बैंकको ४ अर्ब नाघेको छ । हिमालयनले सिभिललाई गाभेर माघदेखि मात्रै एकीकृत कारोबार सुरु गर्दा कुमारी र एनसीसी बैंकबीच मर्जर भई पुसमा एकीकृत कारोबार सुरु भएको थियो । यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले मेगालाई र ग्लोबल आईएमई बैंकले बैंक अफ काठमाण्डुलाई पनि पुसमा मर्जर गरी एकीकृत कारोबार सुरु गरेको थियो ।
    यस्तै प्रभु बैंकले सेञ्चुरी बैंकलाई पनि पुसा नै गाभेर एकीकृत कारोबार सुरु गरेको हो । गाभिने संस्थाको मर्जर अगाडिको वित्तीय विवरण छुट्टै लेखांकन हुने भएकोले गर्दा मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाको विवरणमा केही फरक पर्न जान्छ । विकास बैंकहरुले आर्थिक वर्षको ८ महिना सकिंदा ३ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकले जनाएको छ । ३९ अर्ब ६३ करोड चुक्ता पूँजी र कुल पूँजीकोष ५२ अर्ब ८७ करोड रहेको विकास बैंकहरुले फागुन २०७९ सम्म करिब ५ खर्ब ३५ अर्ब निक्षेप संकलन गरी ४ खर्ब ५७ अर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी गरेका छन् ।
    राष्ट्रिय स्तरका ८ विकास बैंकहरु छन् । जसमध्ये सबैभन्दा धेरै नाफा मुक्तिनाथ विकास बैंकले आर्जन गर्दा गरिमा र शाइन रेसुङ्गाले त्यसलाई पछ्याएका छन् ।
    कुन विकास बैंकको नाफा कति ?


    क्र.सं. बैंक आर्जित नाफा
    १ मुक्तिनाथ विकास बैंक ८७ करोड
    २ गरिमा विकास बैंक ६६ करोड
    ३ शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक ५६ करोड
    ४ महालक्ष्मी विकास बैंक ४३ करोड
    ५ लुम्बिनी विकास बैंक ३७ करोड
    ६ कामना सेवा विकास बैंक ३२ करोड
    ७ सांग्रिला डेभलपमेन्ट बैंक २९ करोड
    ८ ज्योति विकास बैंक १८ करोड

    यसैगरी, फाइनान्स कम्पनीले पनि फागुन मसान्तसम्म ९८ करोड रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकले जनाएको छ । करिब १४ अर्ब ८६ करोड चुक्ता पूँजी र १८ अर्ब ४८ करोड कुल पूँजीकोष रहेको छ । फाइनान्स कम्पनीले फागुन मसान्तसम्म १ खर्ब ९ अर्ब निक्षेप संकलन गरी करिब ९२ अर्ब ६८ करोड कर्जा लगानी गरेका छन् ।
    चुक्ता पुँजी भनेको कम्पनीले सेयरधनीहरुबाट स्टकको शेयरको सट्टामा प्राप्त गरेको रकम हो । चुक्ता पुँजी तब सिर्जना हुन्छ जब कम्पनीले प्राथमिक बजारमा आफ्नो शेयर सिधै लगानीकर्ताहरूलाई बिक्री गर्छ, सामान्यतया प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) मार्फत। जब सेयर दोस्रो बजारमा लगानीकर्ताहरू बीच खरीद र बिक्री गरिन्छ, कुनै अतिरिक्त चुक्ता पूँजी सिर्जना हुँदैन किनभने ती लेनदेनहरूबाट प्राप्त आम्दानी बिक्री गर्ने शेयरधारकहरूमा जान्छ, जारी गर्ने कम्पनीलाई होइन ।
    राष्ट्र बै.कका अनुसार नेपालमा ३ करोड ९४ लाख १२ हजार बैंक खाता रहेको छ । यी बै.कहरुमा खाता भएका मध्ये केवल १ सय जना उद्योग, व्यावसायीहरु मात्र कर्जा र उच्च व्याज दरबाट मुक्त छन् । अन्य सबै बैंक ग्राहकहरु बै.कबाट लिएको ऋण तिर्न नसक्ने अवस्थामा पुगेका छन् । ठीक यसैगरी नेपालको वित्तीय इतिहासमा सबैभन्दा तरलता पनि अहिले नै रहेको छ । तर ग्राहक पुरानो ऋण तिर्न नसक्ने, नयाँ ऋण लिएर व्यावसाय सञ्चालन गर्न नसक्ने, राखिएको धितो तिब्ररुपमा बैंकहरुले हडप्ने गरेका छन् ।
    मध्यम उद्योगपति, किसानको जमिन बैंक, वित्तीय संस्थामार्फत यहाँ चौधरी ग्रुप, गोल्यानहरुको हातमा पुगेको छ । यसक्रममा बैंकको ऋणका कारण घर, जमिन गुमाउनेको संख्या निकै बढि रहेको छ । यसरी हेर्दा अहिलेको नेपालको वित्त बिकृत हुन पुगेको छ ।