



सुर्खेत/ मिटरब्याज, अनुचित लेनदेन र ठगी विरुद्ध कानून निर्माण भएसँगै संवन्धित निकायहरुमा मिटर ब्याजका मुद्दाहरु प्रसस्तै पर्ने गरेका छन् । उता मिटरब्याज विरुद्ध किसान मज्दुर संघर्ष आन्दोलन, नेपालमा त झन अनगिन्ती यस्ता समस्याहरु आईरहेकै छन् । यसै विषयलाई लिएर हामी सुर्खेत जिल्लाको मिटरब्याज विरुद्ध किसान, मज्दुर संघर्ष समितिको कार्यालय विरेन्द्रनगर सुर्खेत पुगी सुर्खेत जिल्लाको अध्यक्ष तथा सचिव संग कुराकानी गर्दा कुराकानीका क्रममा ठगी तथा अनुचित लेनदेनका विषयहरुमा आधारीत मुद्दाहरु जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा पर्ने गरेको तर त्यी मिटरब्याजीहरुलाई कारवाही हुनुको सट्टा उल्टै पिडीत झन पिडा बोकेर आउने गरेका कुराले उल्लेख भएको छ । यस्तो कुराले हामीलाई दुखित बनाएको छ ।
मिटरब्याजको घटनामा घुसपिसले गर्दा चोरलाई चौतारो साधुलाई सुली भने झै पिडीतहरुलाई राहत हुनुको सट्टा घुस्याहा कर्मचारीहरु महाजनको पृय बन्ने ठूलो अवसर प्राप्त भएको छ । यसमा संबधित निकायको छिटै ध्यान जावस ।

