सञ्जय मिश्रा रौतहट १ असार । रौतहटको सदरमुकाम गौर नगरक्षेत्र अन्तर्गत केराबारीमा अपराह्न एक जना युवकको शव भेटिएको छ । गौर-४ टिकुलिया बकैया खोलाको बाँध नजिकै स्थानिय शुभनारायण सहनीको छोरा २० वर्षीय युवक रोहित सहनीको शव भेटिएको हो । घरबाट शौच गर्न निस्किएक उनको उनको शव घर नजिकैको केराबारीमा फेला परेको जिल्ला प्रहरी प्रवक्ता एलिजा गिरीले बताइन् । जिल्ला प्रहरी प्रवक्ता तथा डिएस्पी गिरीले मृतक सहनीको सरीरमा कुनै प्रकारको दाग तथा कुटपिटको चिन्ह नदेखिएको बताएकी छिन् ।
मृतकको पाकेटबाट लागुऔषध गाँजा भरिएको चिलम जस्तो कुरा बरामद भएको छ । गाँजाको नशामा गर्मीको कारण बेहोस भएर पानीको कमीको कारण पनि मृत्यु हुनसक्ने अनुमान गरिएको छ । मृतकको नाकबाट रगत बगेको देखिन्छ।मृतक शहनिको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको छ । सहनीको कसैले हत्या गरेको हो वा होइन अनुसन्धान तथा पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने डिएसपी गिरीले बताएकी छिन् ।उता मृतकका दाजु सञ्जय सहनीले कसैले कुटपिट गरी रोहितको हत्या गरेको दाबी गरेका छन छन् । उनले भाइको घाँटी थिचेर कुटपिट गरी हत्या भएको कारण प्रहरीले गम्भीरता साथ अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् ।