News Portal

वर्षासँगै नेपालमा ‘नाइरोबी फ्लाइ’ किराको आतंक

जनादेश संवाददाता२०८१ असार २८
१८ पटक

२७ असार,रुपन्देही । वर्षायाम लागेसँगै नेपालमा नाइरोबी फ्लाइ किराको आतंक देखिन थालेको छ। मानिसको शरीरमा संपर्कपछि त्यो किराबाट एक किसिमको रसायन निस्कन्छ। उक्त रसायन पेडेरिनले छालामा एलर्जी गराउछ।

नाइरोबी फ्लाइ किरा

पेडेरिन भनेर चिनिने रसायनले छाला जलन हुन सक्छ, जसले गर्दा छालामा घाउहरू वा असामान्य दागहरू हुन सक्छ। छाला सामान्यतया एक देखि दुई हप्ता भित्र निको हुन थाल्छ, तर किटाणुकौ संक्रमणले घाउ बिग्रिन सक्छ।

नाइरोबी फ्लाइ किराको आतंकबाट कसरी जोगिने

यसबाट बच्नका लागि निम्न सुरक्षात्मक उपायहरू अपनाउन सकिन्छस्

१। किरालाई हातले नछुने स्
यदि किरा तपाईँको छालामा बसेको छ भने, त्यसलाई हल्कासँग फुक्नुस्, नमार्नुहोस।

२। सुरक्षात्मक लुगा लगाउनुहोस्स
लामो बाहुला भएको सर्ट र पाइन्ट लगाएर छालालाई ढाक्न सकिन्छ।

३। झुलक प्रयोग गर्नुहोस्स्
रातमा झुलभित्र सुत्नाले किराबाट टाढा राख्न मद्दत गर्छ।

४। झ्याल र ढोकाहरू बन्द राख्नुहोस्
झ्याल र ढोकामा जाली राख्नाले किराहरु भित्र पस्नबाट रोक्न सक्छ।

५। बाहिरी बत्ती घटाउनुहोस्

किराहरु उज्यालोमा आकर्षित हुन्छन्, बाहिरी बत्ती कम गरेर किराहरु घटाउन सकिन्छ।

६। सफा वातावरण राख्नुहोस्स्
आफ्नो वरिपरि सफा राख्नाले किराहरु आकर्षित हुनबाट रोक्न सकिन्छ।

के गर्ने
छालालाई तुरुन्तै धुनुहोस ।
यदि तपाईंको छालामा त्यस्ता किराहरु छुनुभयो भने छालालाई साबुन र पानीले तुरुन्तै धिनुहोस्। साधारण भेसलिन लगाउनुहो। सकेसम्म छिटो चिकित्सकीय सहायता लिनुहोस्। यदि तपाईंलाई गम्भीर छालामा जलन वा जल्ने समस्या भएको छ भने, चिकित्सकीय सहायता लिनुहोस्।

हाल सरकारी स्वास्थ्य संस्था र निजी मेडिकलमा यस्ता संक्रमित फेला पर्न थालेका हुन् । संक्रमितको छाला रातो हुने, फोका–फोका आउने, चिलाउने, पाक्नेलगायतका लक्षण देखा पर्दछन् ।

स्वास्थ्यकर्मीले नाइरोबी फ्लाइको उपचार हुने जनाउँदै नआत्तिन आग्रह समेत गरे । यसबाट विशेषगरी बालबालिका र वृद्धवृद्धालाई जोगाउनु पर्ने उनीहरुको सुझाव छ ।