News Portal

  • १४ वर्ष अघि सुरुङ्ग खनेर फरार भएका फरार कैदी पक्राउ

    जनादेश संवाददाता२०८१ असार ११
    ४२ पटक

    १० असार,रुपन्देही । कपिलवस्तु कारागारबाट १४ वर्ष अघि सुरुङ्ग खनेर फरार भएका एक फरार कैदीलाई प्रहरीले पक्राउ गरेको छ । भारत उत्तर प्रदेश सिद्धार्थनगर चिलिया घर भएका स्कुल मिया अन्सारी भनिने मोहम्मद स्कुललाई शिवराज नगरपालिका वडा नं। ७ चन्द्रौटाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए । २०६६ साल माघ २ गते कपिलवस्तु कारागारबाट ८ जना कैदीहरु सुरुङ्ग खनेर भागेका थिए ।

    पक्राउ परेका खान उपर ५ महिना ९ दिन कैद र ४ लाख ५० हजार जरिवाना तोकिएको छ । प्रहरीले हाल सम्म १ सय २६ फरार प्रतिवादीहरु पक्राउ गरेको छ । उनीहरुको कैद अवधि १ सय ४७ वर्ष १० महिना बांकी रहेको प्रहरीले जनाएको छ ।
    विशेष सूचना र खोजीबाट फरार कैदीहरुको जिल्लामा धमाधम पक्राउ पर्दै गएको प्रहरी उपरीक्षक पौडेलले बताए । सूचना सहयोगको लागि रमा पन्थी रुपन्देही सँग सहकर्मी प्रिन्स मिश्रा कपिलवस्तु।