News Portal

  • अल्पमतमा परेका बागमतीका मुख्यमन्त्री जम्कट्टेल संवैधानिक व्यवस्था अुनसार आज विश्वासको मत लिदै

    जनादेश संवाददाता२०८१ श्रावण ६
    २३२ पटक

    ६ साउन,। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिंदैछन् । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् ।

    नेकपा एमालेले माओवादी केन्द्रसँगको सत्तासाझेदारी तोड्दै नयाँ समीकरण बनाएपछि अल्पमतमा परेका जम्कट्टेल संवैधानिक व्यवस्था अुनसार आज विश्वासको मत लिन लागेका हुन् ।सत्तासाझेदार दलका नेताहरूसँगको छलफलपश्चात मुख्यमन्त्री जम्कट्टेल आज विश्वासको मत लिने निर्णयमा पुगेको बागमती प्रदेशसभामा माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए ।

    सङ्घीय सरकार परिवर्तनसँगै प्रदेश सरकारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट सहभागी पाँचजना मन्त्रीले गत असार २४ गते राजीनामा दिएपछि प्रदेश सरकार अल्पमतमा परेको थियो ।