१० भदौ, काठमाडौं । तिब्बतमा गएकाे हिमपहिराेकाे कारण नेपालमा भीषण बाढी भइ भाेटेकाेशीकाे बाँध फुटाइदिएकाे छ । जसका कारण ६ वटा प्रसारण लाइन अवरुद्ध भएको छ । २ अरब भन्दा बढिकाे क्षति भएकाे अनुमान गरिएकाे छ ।
रसुवा नुवाकाेट नुवाकाेट धादिङ र चितवन जिल्ला यस महाप्रलयबाट क्षेतिग्रस्त बनेकाे सामाचार स्राेतले बताएकाे छ । पावर हाउसकाे सुरुङभित्रबाट मान्छेहरु कति हराएकाे तथा यी ४ जिल्लाका प्रभावित क्षेत्रहरुमा कति धनजनकाे क्षेति भएकाे भन्ने एकिन विवरण प्राप्त गर्न भने निकै समय लाग्ने समाचार स्राेतले बताएकाे छ ।
यतिबेला नेपाल प्रहरी उद्दार कार्यमा व्यस्त रहेकाे छ ।घटना स्थलमा हेलिकप्टर द्धारा उद्दार कार्य भइरहेकाे छ । घटना स्थलबाट क्षतविच्छेद भएका लासहरु प्रहरीले निकालिरहेकाे सामाचार छ ।

उद्दारमा खटिएकाे हेलिकप्टरलाइ सजिलाेकाे लागि फाइर सिग्नल दिन ग्रहमन्त्रीले अनुराेध गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार त्रिशूलीको २२० केभी सबस्टेसन पूर्णरूपमा क्षति भएको छ भने अन्य प्रसारण लाइनमा क्षति हुँदा विद्युत् प्रवाह अवरुद्ध बनेको हो । त्रिशूलीस्थित २२० केभी ३ बी हब सबस्टेसन पूर्णरूपमा क्षति पुगेको छ ।
चिलिमे हब–त्रिशूली ३ बी हब–मातातिर्थ २२० केभी प्रसारण लाइन अवरुद्ध छ । त्रिशूली–बालाजु ६६ केभी प्रसारण लाइन अवरुद्ध छ । अन्य केही प्रसारण लाइनको टावरमा समस्या रहेको प्राधिकरणले जनाएको छ ।
यसै क्रममा सिन्धुपाल्चोकतर्फ समुद्रटार क्षेत्रमा प्रणाली चालु भई चौघोडा सबस्टेसन सञ्चालन प्रयास जारी छ । गजुरीदेखि गल्छीसम्मका क्षेत्रमा धादिङबेँसी सबस्टेसन मार्फत विद्युत् आपूर्ति पुन: सञ्चालन गर्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ ।










