News Portal

  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपामा बस्दै

    जनादेश संवाददाता२०८३ भाद्र २८
    ० पटक

    काठमाडौं, २७ भदौ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी आह्वान गरिएको हो।

    बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्यहरूका साथै सातै प्रदेशका प्रदेश सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ।

    सानेपामा बस्ने उक्त बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, भर्खरैका राजनीतिक घटनाक्रम तथा पार्टीका आन्तरिक सङ्गठनात्मक विषयहरूमा गहन छलफल हुने कांग्रेसले जनाएको छ।