News Portal

  • आज साउन महिनाको अन्तिम सोमबार,पूर्णपात्र दानपछि व्रत पूरा हुने विश्वास

    जनादेश संवाददाता२०८१ श्रावण २८
    ३ पटक

    २८ साउन, रुपन्देही । आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । यो वर्ष साउनमा पाँचवटा सोमबार परेको छ । अन्तिम सोमबार ब्राह्मणलाई पूर्णपात्र दान गरेपछि व्रत पूरा भएको मानिन्छ ।

    साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् । यसो गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ।

    साउनको सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने र व्रत बस्ने गरिन्छ । साथै व्रत बसेकाहरुले शिवालयमा गई पुजा र विशेष आरधना गर्ने हुँदा अब शिवालयहरुमा श्रद्धालुको घुइँचो लागेको छ । काठमाडौंको पशुपतिनाथ, क्षेत्रमा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ ।

    यसैगरी काठमाडौंकै गोकर्णेश्वर, कोटेश्वर ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर, भक्तपुरको दत्तात्रेय, काभ्रेपलाञ्चोकको धनेश्वर र सिन्धुलीको कुशेश्वर, लगायत शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।यो वर्ष साउनमा पाँचवटा सोमबार परेको छ । अन्तिम सोमबार ब्राह्मणलाई पूर्णपात्र दान गरेपछि व्रत पूरा भएको मानिन्छ ।

    पुराणमा पनि साउने सोमबारको महिमा उल्लेख छ । यो दिन आफू र परिवारको सु–स्वास्थ्य, दीर्घायु एवं प्रगति कामना गर्दै व्रत बस्ने परम्परा छ । शिवको अर्थ कल्याण भएकाले आराधना गर्दा उनी खुशी हुन्छन् र भक्तजनको मनोकामना पूर्ण हुन्छ भन्ने विश्वास छ ।