काठमाडाैं । क्रान्तिकारी कम्युनिटस्ट पार्टीकाे कार्यालय कुपण्डाेलमा सम्पन्न महाधिवेशन आयाेजक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त पार्टीकाे महाधिवेेशन आयाेजक समितिकाे तेस्राे पुर्ण बैठकले महाधिवेशनकाे उद्घाटन सत्र र बन्द सत्र व्यवस्थित, प्रभावकारी र भव्य बनाउने निर्णय गरेकाे छ । उद्घाटन सत्र न्युराेडस्थित भूगाेल पार्कमा आयाेजना गरिएकाे छ । एकता महाधिवेशन उद्घाटनपुर्व ११ बजे रत्नपार्क शान्तिबाटिका र त्रिपुुरेश्वरबाट जुलुस निकालिने छ । जुलुसकाे नेतृत्व पार्टीका शीर्ष नेतृत्वहरुले गर्नुहुुनेछ । त्रिपुरेश्वर र शान्तिबाटिकाबाट निकालिएकाे जुलुस सुन्धरामा मिसिएर भुगाेल पार्कमा पुगेपछि ठिक १ बजे महाधिवेशनकाे उद्घाटन हुनेछ ।
महाधिवेशनकाे उद्घाटन पार्टी संयाेजक माेहन वैद्य किरणले गर्नु हुनेछ । संयाेजक किरणले लिखित मन्तव्य दिने पनि सम्बद्ध स्राेतले जानकारी दिएकाे छ । महाधिवेशनकाे सञ्चालन पार्टी प्रवक्ता हेमन्तप्रकाश ओली सुदर्शन, अध्यक्षता सन्तबहादुर नेपाली र स्वागत मन्तव्य पार्टीका बरिष्ठ नेता सीपी गजुरेल गाैरवले गर्ने गरी कार्यक्रमकाे तालिका बनाइएकाे छ ।
कार्यक्रमलाई चुस्त बनाउन उद्घाटन समाराेहमा निम्त्याइएका अतिथिहरुलाई पनि निश्चित समय निर्धारण गरिएकाे छ । सम्बद्ध स्राेतका अनुसार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे याे महाधिवेशनलाई शुभकामना दिन जर्मनी, भारत, बंगलादेश र टर्कीका कम्युनिस्ट पार्टीहरुबाट ९ जना अतिथिहरु आइसकेका छन् । त्यसैगरी नेपाालका मित्र पार्टीहरु माेहन विक्रम सिंह नेतृत्वकाे नेकपा (मसाल), विश्वभक्त दुलाल आहुति नेतृत्वकाे वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नारायणमान विजुक्छे नेतृत्वकाे नेपाल मजदुर किसान पार्टी, ऋषि कट्टेल नेतृत्वकाे नेकपा, लाेकनारायण सुवेदी नेतृत्वकाे नेकपा र नारायण शर्मा नेतृत्वकाे कम्युनिस्ट पार्टीलाई शुभकामनाका लागि निम्त्याइएकाे कुरा कार्यालय सदस्य बसन्तले जानकारी दिएका छन् ।
एकता महाधिवेशनकाे उद्घाटन : दुई ठाउँबाट जुलुस निकालिने
भुगाेलपार्कमा महाधिवेशन उद्घाटन हुने भाेली देखि बन्दसत्र शुरु हुने
जनादेश संवाददाता२०८१ मंसिर १३
- १सहकारीको इतिहास माथि नै प्रश्न ?– संस्थापक अध्यक्ष अम्मर परियार “आर्य”
- २दोस्रो उपमा राष्ट्रिय अवार्ड २०८१ भब्य र सब्य रुपमा सम्पन्न
- ३कुसुम शर्मा ( सकम्बरी) ले जितिन् उत्कृष्ट नायिका अवार्ड २०२४ म्युजिक भिडियो “नाई नाई न भन्नु ल”बाट
- ४राष्ट्रिय दलित आयोगका अध्यक्ष द्धारा जात चलचित्र सार्वजनीक
- ५बागमती होटलमा मृत भेटिएकी सुस्मितासँगै बसेका युवक पनि झुन्डिएकाे अवस्थामा फेला
- ६वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल सार्वजनिक
- ७भ्रष्टचार गर्दिन भन्नेहरू नै भ्रष्टचारमा लिप्त छन्: प्रभु साह
- ८कृषि मन्त्रालयबाट पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड अनुदान प्रवाह, खाेजि गरिदिन मन्त्रीकाे अनुराेध
- ९अमेरिकाको आगलागीमा मृत्यु हुनेको संख्या १६ पुग्यो, १२ हजार घर ध्वस्त
- १०राष्ट्रपति पौडेलले जारी गरे ४ अध्यादेश, एक अझै बाँकी